निजी विद्यालयको शुल्क बृद्धि बिरुद्ध संयुक्त विद्यार्थी संगठनले गरे सिटी जुलुस

45 Hits

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले आज स्थानीय तहका प्रमुखका कार्यकक्षमा सिटी जुलुस सहित प्रदर्शन गरेका छन्। निजी विद्यालयको शुल्क नियन्त्रण गर्ने अधिकार पाएर पनि निदाएको भन्दै निन्द्रावाट ब्युझ्याउन सिटी जुलुस लगाएको विद्यार्थी नेताहरुले वताएका छन्।

निजी विद्यालयक‍ो शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुले गत वुधवार प्याब्सन र एन प्याब्सनक‍ा कार्यालयमा ताला लगाएका छन्। त्यस्तै विहिवार शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा उनीहरूले ताला लगाएका छन् । पुर्व घोषित कार्यक्रम अन्तर्गत आज देशभरका स्थानीय तहका कार्यलयमा सिटी जुलुस सहित प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए। केन्द्रीय टोलीले काठमाडौं महानगरपालिकामा पुगेर प्रदर्शन सहित सिटी जुलुिस गरेका थिए। टोलीमा नेविसंघ उपाध्यक्ष पुष्प शाही,क्रान्तिकारी उपाध्यक्षद्वय सुरेन्द्र बस्नेत र विजय गौतम र अनेरास्ववियुका सचिव आरसि लामिछाने सहितको उपस्थिति रहेको थियो।

Related News

Comments are closed