यातायात व्यवसायीहरूकाे भागाभाग, सिण्डिकेट पक्षधर काे काे परे पक्राउ ?

60 Hits

काठमाडौं, २१ बैसाख ।
यातायातमा सिण्डिकेट लागू गर्न पाउनुपर्ने माग राख्दै अान्दोलन मा उत्रिएका व्यवसायी समितिका पदाधिकारी हरू धमाधम पक्राउ पर्न थालेपछि समितिका पदाधिकारी हरूकाे भागाभाग भएकाे समाचार छ । केन्द्रीय महासचिव सराेज सिटौला सहित दर्जनाैं सदस्य हरूलाई प्रहरीले पक्रेको छ ।

अरू काे काे परे पक्राउ ?

नेपाल यातायात व्यवसायका महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । उनी काठमाडौँको भृकुटीमण्डपबाट पक्राउ परेका हुन् । सिटौलामाथि अत्यावश्यक सेवा सञ्चालन ऐन अनुसार कारवाही हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिएका छन् ।

त्यस्तै, प्रहरीले रुपन्देहीबाट पश्चिमाञ्चल बस व्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहामगरलाई पक्राउ गरेको छ । वुटवल यातायात व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, पश्चिमाञ्चल यातायात व्यवसायी संघका पदाधिकारी चेतनारायण बेल्वासे पनि रुपन्देन्हीबाट पक्राउ परेका छन्।

यता, लमजुङमा सार्वजनिक सवारी–साधन बन्द गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  कालिका सार्वजनिक यातायात सञ्चालक समितिका अध्यक्ष कृष्णवहादुर अधिकारी सहित ५ पदाधिकारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाई रहेका छन् ।

पूर्वमा पनि सार्वजनिक सवारी साधन बन्द गर्ने व्यवसायीलाई प्रहरीले पक्राउ गर्न शुरु गरेको छ ।

गृह मन्त्रालयबाट देशभरबाट सिन्डिकेटको पक्षमा लागेर सवारी साधन बन्द गर्ने यातायात व्यवसायीलाई पक्राउ गर्ने निर्देशन अनुसार पूर्वबाट अहिलेसम्म १५ जना बढी व्यवसायी पक्राउ परेका छन् ।

प्रहरीले धरानबाट ७ जना, इटहरीबाट १ जना र झापाबाट ७ जनालाई पक्राउ गरिसकेको छ । धरानबाट पक्राउ पर्नेहरुमा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी, पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, सप्तकोसी वस व्यवसायी संघका सचिव हरि थापा, व्यवसायी राजन कट्टेल र राम परियार छन् ।

यस्तै, इटहरीबाट सिदार्थ यातायत व्यवासायी संघका अध्यक्ष ध्रुव घिमिरे पक्राउ परेका छन । झापाबाट मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद ओली, हिमाल यातायातसंघका कार्यबहाक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका निर्देशक वुद्ध तिवारी, सदस्यहरु राजकुमार पाण्डे, श्याम थापा, पूर्वी बस व्यवसायी संघका अध्यक्ष कृशव गिरी र सगरमाथा यातायातका अध्यष खगेन्द्र उप्रेती रहेका छन् ।

उता, म्याग्दीमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यबहाक अध्यक्ष लाल बहादुर थापा क्षेत्री, सचिब सुमन श्रेष्ठ, म्याग्दकाली यातायात व्यवसायी समितिका सचिब देवेन्द्र पौडेल र काउण्टर इन्चार्ज राम्जी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

सिन्डिकेट प्रणाली खारेजीको विरुद्धमा आन्दोलनमा उत्रिएका व्यवसायि समितिमा आबद्ध भएकाहरुलाई पक्राउ गर्ने गृहमन्त्रालयको निर्देशन अनुसार उनीहरुलाई प्रक्राउ गरिएको प्रनाउ खड्काले बताइन् ।

प्रहरीले अहिले देशैभरका यातायात व्यवसायी समितिका पदाधिकारीलाई खोजी कार्य सुरु गरेको र धरपकड गरेको छ ।

त्यस्तै, धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।  गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीप घिमिरेले जानकारी दिए ।

धौलागिरि अञ्चल यातयात बस व्यवसायी समितिअन्तर्गत चार सय गाडी सञ्चालित छन् । समितिले संस्थागत विरोेधका लागि आफ्ना गाडी घरमा राखेको छ । उनीहरुले समितिका गाडी नचलाए पनि अन्य सवारी चलाउन भने अवरोध नगरेको प्रतिक्रिया दिए । लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यस क्षेत्रका करीब छ व्यवसायीले यातायात ठप्प पार्दा सर्वसाधारण समस्यामा परेका छन् ।

त्यस्तै, कपिलवस्तुको कृष्णनगर २ स्थित कृष्णनगर यातायात व्यावसायिक संघका अध्यक्ष रामदास चौधरी पनि पक्राउ परेका छन् । उता, सुनसरीस्थित धरान २ भानुचोकबाट सप्तकोशी बस व्यवसायिक संघका सचिव हरि थापा, कोशी वस व्यवसायिक संघका अध्यक्ष कृष्णप्रसाद सुवेदी, संयुक्त वस व्यवसायिक संघका नरेन्द्र पोमु पनि पक्राउ परेका छन् ।

त्यसैगरी सप्तरीबाट सगरमाथा यातायात संघका दिनेश पन्सेरा, सोही समितिका दिनेश साह र राजेन्द्र भगत, उदयपुरको त्रियुगा नगरपालिका–१२ बाट हिमाली यातायात संघका उपाध्यक्ष उमेश बस्नेत, कोषाध्यक्ष विष्णु श्रेष्ठ र सदस्य सुरेश कार्की पक्राउ परेका छन् । उता, झापाबाट सगरमाथा यातायात प्रालिका प्रवन्ध निर्देशक वसन्त तिवारीसहित ८ जना पक्राउ परेका छन् ।

त्यस्तै, सिन्धुपाल्चोकबाट हिमशिखर यातायात समितिका उपाध्यक्ष प्रसुन श्रेष्ठ र सदस्य कैलाश श्रेष्ठ पक्राउ परेका छन् भने कालिकोटबाट कांक्रेबिहार बस व्यावसायिक समितिका इन्चार्ज भरत शाही, कर्णाली यातायात व्यायसायिक संघका इन्चार्ज खगेन्द्र खड्का र मध्यपश्चिम यातायात व्यावसायिक समितिका कविन्द्र शाही पनि पक्राउ परेका छन् ।

यता, काभ्रेको पनौतीबाट काभ्रे मिनिबस व्यवसायिक संघका उपाध्यक्ष शान्ताराम ताम्राकार र बनेपास्थित सातदोबाटो चोकबाट सदस्य नरेन्द्र हलवाली पक्राउ परेका छन् भने बनेपाबाटै हेलम्बु बस व्यवसायिक संघका अध्यक्ष पूरुषोत्तम मानन्धर पक्राउ परेका छन् ।

उता, बाराबाट बारा बस व्यावसायिक संघका ओमप्रकाश गुप्तासहित ७ जना पक्राउ परेका छन् । सिन्धुलीबाट वीपी यातायात समितिका अध्यक्ष कान्छामान तामाङ, कैलालीबाट कर्णाली रिभरका अध्यक्ष धिरजबहादुर शाही, कञ्चनपुरको भीमदत्तनगरपालिकाबाट यातायात व्यावसायी डम्बर पन्तसहित ५ जना पक्राउ परेका छन् ।

त्यस्तै प्युठानबाट ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानका महासचिव चन्द्रमान श्रेष्ठ सहित ५ जना रहेका छन् ।

पक्राउ पर्नेमा महासचिव श्रेष्ठसहित कोषध्यक्ष विशाल शर्मा, सदस्यहरु प्रदिप गौतम, रमेश केसी र समितिका कर्मचारी विकास सुवेदी लगायत रहेका छन् ।  उनीहरु सबै प्यूठान नगरपालिका ४ विजुवारबाट पक्राउ परेका हुन् ।

 

Related News

जनयुद्धका दमनकारी एसएसपी बढुवाकाे प्रारम्भिक सूचीमा, काे काे परे ?

काठमाडाैं- माअाेवादी अास्था राखेकाे अाराेपमा सर्वसाधारणलाई पक्राउ गरि अमानविय यातना दिने तथा हत्या सम्म गर्न भुमीका खेल्ने प्रहरी एसएसपीहरूलाई बढुवाकाे…

यसरी हुन्थ्याे विमानस्थलबाट सुन तस्करी (अभियुक्तहरुकाे सनसनीपूर्ण बयानसहित)

काठमाडौँ , २१ बैसाख — तस्करको समूहले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत कर्मचारी, लोडर र प्रहरीका उच्च अधिकारीहरूसँगको मिलेमतोमा कसरी गुपचुप…

Comments are closed