यातायात व्यवसाय महासंघका महासचिव सहित सयभन्दा बढी व्यवसायी पक्राउ

47 Hits

काठमाडौं । सार्वजनिक यातायातजस्तो अत्यावश्यक सेवामा हड्ताल गरेपछि सरकारले देशैभरका यातायात व्यवसायीलाई पक्राउ गर्न थालेको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरीले देशैभरबाट यातायात समितिका पदाधिकारी र सदस्यहरुलाई पक्राउ गर्न थालेको हो ।

नेपाल यातायात व्यवसायका महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । उनी काठमाडौँको भृकुटीमण्डपबाट पक्राउ परेका हुन् । सिटौलामाथि अत्यावश्यक सेवा सञ्चालन ऐन अनुसार कारवाही हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिएका छन् ।  त्यस्तै, प्रहरीले रुपन्देहीबाट पश्चिमाञ्चल बस व्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहामगरलाई पक्राउ गरेको छ । वुटवल यातायात व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, पश्चिमाञ्चल यातायात व्यवसायी संघका पदाधिकारी चेतनारायण बेल्वासे पनि रुपन्देन्हीबाट पक्राउ परेका छन्। यता, लमजुङ कालिका सार्वजनिक यातायात समितिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे र उपाध्यक्ष विश्वम्भर अर्याल पनि पक्राउ परेका छन् ।

प्रहरीले अहिले देशैभरका यातायात व्यवसायी समितिका पदाधिकारीलाई खोजी कार्य सुरु गरेको र धरपकड गरेको छ । यसैबीच यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले देशैभरका यातायात समितिका सदस्यहरुमाथि राज्यले धरपकड सुरु गरेको बताएका छन् । शुक्रबार अपरान्ह २ बजेसम्म देशैभरबाट १ सयभन्दा बढी पदाधिकारी तथा सदस्यहरु पक्राउ परेको सिटौलाले जानकारी दिएका छन् । महासचिव सिटौलाले भने, ‘व्यवसायीहरुलाई गिरफ्तार गर्नु अत्यन्तै दुखद छ । हाममिाथि अन्याय भयो । देशमा लोकतन्त्र हो कि के हो, हामी दुखी छौँ, हाम्रो आन्दोलन रोकिएको छैन ।’ यसैबीच यातायात व्यवसायी महासंघले केही समयमै आफ्नो आकस्मिक वैठक बस्ने तयारी गरेको छ । महासचिव सिटौलाले केही बेरमै आकस्मिक बैठक बसेर आन्दोलनको तयारी गर्ने उनले बताए ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी