कार्ल मार्क्सको जन्मदिनको अवसरमा प्रचण्डले भने-‘केहीदिनमै दुई पार्टी एक हुन्छ’

74 Hits

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै दुई पार्टी एक हुने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्ल मार्क्स जन्म द्विशतवार्षिक समारोह राष्ट्रीय गोष्टीमा अध्यक्ष प्रचण्डले एक दुई दिनभित्रै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने र एकाध रहेका कम्युनिष्ट पार्टीहरुलाई पनि केन्द्रित गराउन प्रयास गर्ने बताएका हुन् । उनले अब एमाले, माओवादी लगायतका दल एउटै रहिरहेर अब देश अघि नबढ्ने बताउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश बनाउनु पर्ने धारणा राखे ।

कार्यक्रममा उनले मार्स्कवादको जीवनलाई अबलम्बन गरिरहँदा नेपालमा बढिरहेको कम्युनिष्टप्रतिको आकर्षण भोलिका दिनमा घट्ने हो कि भन्ने चिन्ता समेत व्यक्त गरे । त्यस्तै उनले मार्स्कवादको सिद्धान्त जन्माएका कार्ल मार्क्स जस्तो विलक्षण प्रतिभा अहिलेसम्म नजन्मिएको समेत जिकिर गरे ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी