पदाधिकारी चयनका लागि कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

103 Hits

काठमाडौं । पदाधिकारी चयन गर्न नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बोलाइएको छ । बैठकले उपसभापति, महामन्त्री लगायत पदाधिकारी चयनको प्रयास गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि गत सोमबारका लागि बोलाईएको बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले बहिस्कार गरेपछि स्थगित गरिएको थियो । एकपक्षीय निर्णयका आधारमा पदाधिकारी चयन नगर्न पार्टी भित्रैबाट दबाब बढेपछि बैठक थप छलफल आबश्यक रहेको भन्दै स्थगित भएको थियो । बैठक स्थगित भएपछि सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोइराला लगायतले सबै पक्षसँग पटकपटक छलफल गरेकाले सम्भवत आज सहमति जुट्ने प्रवक्ता शर्माले बताए । महाधिबेशन सम्पन्न भएको २६ महिनापछि कांग्रेसले उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गर्न लागेको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी