भारतमा धुलो वर्षासहितको आँधी, १ सय ९ को मृत्यु, मोदीले दिए यस्तो निर्देशन

66 Hits

काठमाडौं, २१ बैसाख ।
भारतमा धुलो र वर्षासहितको आँधीले ठूलो जनधनको क्षती गरेको छ । यो समाचार तयार पार्दासम्म भारतको उत्तर प्रदेश र राजस्थानमा आएको धुलो वर्षासहितको आँधीका कारण मृत्यु हुनेको संख्या एक सय ९ पुगेको छ । संख्या अझै वढ्ने देखिएको छ । क्षतीको विवरण आउने क्रमसँगै मृत्यु हुने संख्या बढ्ने बताइएको छ ।

गत बुधबार राति आएको आँधीका कारण उत्तर प्रदेशमा ७३ जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् । राजस्थानमा ३८ जनाको मृत्यु भएको छ । एक सय बढी घाइते भएका छन् ।

आँधीका कारण अधिकाशं घरमा क्षति पुग्नुका साथै विद्युत सेवा समेत अवरुद्ध भएको छ । हावाहुरीका कारण रुख ढल्दा ती स्थानका यातायात सेवा प्रभावित भएको छ ।

आँधीका कारण उत्तर प्रदेशको आगरा जिल्लामा सबै भन्दा बढी क्षति पुगेको भारतीय समाचार संस्था पीटीआईले उल्लेख गरेको छ । यस्तै, बिजनौर,बरेली,सहारनपुर,पीलीभीत, फिरोजवाद, रायबरेली लगायत ८९ जिल्लामा आँधीका कारण प्रभावित भएको छ ।

प्रदेश सरकारले मृतकका परिवारलाई ४ लाख रुपैयाँ र घाइतेलाई ६० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

मौसम विभागले ४८ घण्टाभित्र फेरि उच्च आँधी आउन सक्ने भन्दै सर्तकता अपनाउन आह्वान गरेको छ ।भारतको मौसम विभागका अनुसार उत्तर प्रदेश लगायतका क्षेत्रमा केही दिन सम्म मौसममा बदली भएर आँधी सहित भारी बर्षा हुने छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय अधिकारीलाई सम्बन्धीत प्रदेश सरकारसंग समन्वय गरेर राहत तथा पुर्नस्थापनाको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशन दिएका छन् ।
भारतमा वर्षेनी वाढी पहिरो र आँधीका कारण नियमीत क्षेती हुँदै आएको देखिन्छ ।

Related News

Comments are closed