आफ्नो सहपाठी डा.उपेन्द्रलाई भेटेपछि के भने डा बाबुरामले ?

371 Hits

काठमाडौं, २० बैसाख ।

सामान्य मानिस बिरामी हुनु र डाक्टर नै विरामी हुनुमा के फरक होला ? तपाइ हामीलाई लाग्ला सामान्य मानिस विरामी भएपछि उपचार नपाएर मर्लान तर डाक्टरले त उपचार पाइहाल्छन् नी ।
तर यहाँ यही प्रश्न पटक पटक दोहोरिइरहेको छ वरिष्ठ न्युरो सर्जन गौरबशाली डाक्टर उपेन्द्र देवकोटाको जिवनमा पनि । एउटा असाध्य रोग जसलाई क्यान्सर भनिन्छ तयसले गाँजेपछि वरिष्ठ न्युरो सर्जन डा देवकोटा नेपालदेखि थाइल्याण्ड पुगेर फेरी नेपाल फर्केर रोगसँग लडिरहेका छन् । उनको स्वदेश फिर्तीले नेपाली जनता र न्यरो रोगबाट समस्यामा परेकाहरुलाई राहत हुन सकेको छैन । बरु स्वयं डा देवकोटालाई सान्त्वना र शक्ति थप दिनुपरेको छ नेपाली जनताले ।

डा देवकोटा स्वदेश आएपछि उनलाई भेट्न र स्वास्थ्य लाभको कामना गर्न सरकारका प्रतिनिधिहरु देखि दलका नेताहरु सम्म पुगेका छन् ।
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्ना सहपाठी तथा वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई अस्पताल पुगेर भेटेका छन्।

बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत डा देवकोटालाई भेटेका भट्टराईले आगन्तुक पुस्तिकामा पुराना दिन सम्झँदै स्वास्थ्य लाभको कामना गरेका छन्।

देवकोटासँग कक्षा ५ देखि आइएससीसम्म सँगै पढेको स्मरण गर्दै भट्टराईले उनको दृढ इच्छाशक्ति र विलक्षण प्रतिभा नजिकबाट देखेको भन्दै लेखेका छन्, ‘यो असाध्य रोगलाई उहाँले जित्न सक्नुहुन्छ भन्ने अझै विश्वास गर्दछु ‘

अस्पतालको आगन्तुक पुस्तिकामा नेता भट्टराईले लेखेको सन्देश

मेरा बालशाखा तथा अनन्य मित्र र नेपाललाई अन्तर्राष्ट्रिय प्रतिष्ठा दिलाउने अग्रणी न्यूरो सर्जन डा उपेन्द्र देबकोटाको स्वास्थ्यलाभको कामना गर्दै सबै आफन्तजनमा आशावादी रहन र धैर्यधारण गर्न आग्रह गर्दछु।

वहाँ आफैँ एक अब्बल वैज्ञानिक र चिकित्सक हुनाले वहाँ आफ्नो स्वास्थ्यस्थितिबारे जानकार हुनुहुन्छ र आफ्नो जीवनको भविष्यबारे आकलन गरिसकेको वहाँसगको भेटमा अनुभूत भयो। तर, म वहाँको अमरज्योति हाइस्कुल, लुइँटेल, गोरखामा पाँचदेखि १० कक्षासम्म र अमृत साइन्स कलेजमा आइएससीसहित सात वर्ष एउटै कक्षामा अध्ययन गरेको र वहाँको दृढ इच्छाशक्ति तथा विलक्षण प्रतिभा नजिकबाट देखेको नाताले यो असाध्य रोगलाई वहाँले जित्न सक्नुहुन्छ भन्ने अझै विश्वास गर्दछु।

संक्षिप्त भेटमा आज हामीले स्कुले जीवनको सुखद स्मरण गर्‍यौं, एक अर्काप्रति अन्तरहृदयदेखि सम्मान व्यक्त गर्‍यौं, सामान्य मान्छेको जीवनमा देश र जनतारसमाजको निम्ति गर्न सक्ने जति काम सम्पन्न गरेकोमा सन्तोष व्यक्त गर्‍यौं र एकअर्काप्रतिको हाम्रो सोच र सम्बन्बारे अरुले अनुमान गर्ने कुराहरुलाई खारेज गर्दै असल मित्रकै रुपमा संसारबाट बिदा हुने प्रण गर्‍यौं।

मलाई मेरा मेधावी मित्र डा उपेन्द्र देवकोटासँगको स्वस्थ प्रतिस्पर्धाले यहाँसम्म पुर्याौएको मैले स्वीकार गरेँ र वहाँले पनि स्वीकार गर्नुभयो। म मेरो अनन्य मित्र देवकोटाप्रति सधैँ गर्व गर्दछु, गरिरहनेछु।

Related News

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन, नेपाल र नेपालीलाई अपुरणीय क्षती

काठमाडाै, ४ असार । नेपालका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । अत्यन्त चर्चित नेपाली डाक्टर…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी