ओली-प्रचण्डबीचको बैठकमा सहमति जुट्न सकेन, आजै फेरी अर्को छलफल

92 Hits

काठमाडौं ।

पार्टी एकीकरणका विषयमा छलफलमा जुटेका एमाले अध्यक्ष एंवम प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अझै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान पार्टी एकतालाई अन्तिम रुप दिन छलफलमा जुटेका अध्यक्षद्धयले मिल्न बाँकी विषय टुङ्याउन सकेनन् ।

प्रचण्ड–ओलीको “वान टु वान”मा सहमति नजुटेपछि फेरी दिउँसो ३ बजे बैठक बस्ने भएको छ । चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्ष बीचको छलफलमा ठोस के सहमति भयो भन्ने जानकारी नपाइए पनि फेरी छलफलमा बसी सबै विषयको टुङ्गो लगाउने तयारीमा रहेकोे प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउने जिम्मा अध्यक्षलाई दिएको थियो । यसअघि दुईअध्यक्ष बीच पटक–पटक छलफल हुदैँ आएपनि सहमति भने जुट्न सकेको छैन ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी