संघीय संसदका नवनियुक्त दुई सचिवको शपथ,अाजै पदभार ग्रहण

156 Hits

काठमाडौं, १९ बैशाख ।

संघीय संसदका नवनियुक्त दुई सचिवलाई आज (बुधबार) पद तथा गोपनियताको शपथ खुवाइएको छ ।

संसद सचिवालय सिंहदरबारमा आज एक समारोहको आयोजना गरी प्रतिनिधि सभाको सचिवमा नियुक्त गोपालनाथ योगी र राष्ट्रिय सभाको सचिवमा नियुक्त राजेन्द्र फुँयाललाई पद तथा गोपनियताको शपथ खुवाइएको हो ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको सचिवमा नियुक्त गोपालनाथ योगीलाई शपथ खुवाउनुभएको थियो भने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको सचिवमा नियुक्त राजेन्द्र फुँयाललाई शपथ खुवाउनुभएको थियो ।

संविधानको धारा १०६ बमोजिम योगीलाई सभामुखको सिफारिसमा र फुँयाललाई राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले क्रमशः प्रतिनिधि सभा र राष्ट्रिय सभाको सचिवमा नियुक्त गर्नुभएको थियो ।

शपथ ग्रहण समारोहमा सभामुख र अध्यक्षका साथै उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सत्ता पक्ष तथा विपक्षी दलका प्रमुख सचेतकहरु, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच नवनियुक्त सचिवद्वय गोपालनाथ योगी र राजेन्द्र फुँयालले आजै कार्यभार सम्हाल्नुभएको छ ।

Related News

कांग्रेसले गर्यो सदन अवरुद्ध, केसीलाई सरकारले नियतवश मार्न खोजेको आरोप

काठमाडौं, ३२ असार, । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको संसद अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक अघि बढाउन…

सभामुख महराले लिए सपथ, आजदेखि सम्माननीय

काठमाडौँ, २७ फागुन— प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका माओवादी केन्द्रका सांसद तथा नेता कृष्णबहादुर महराले आइतबार पद तथा गोपनियताको सपथ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी