पार्टी भित्रका मोर्चाहरुलाई एकताका लागि तयार रहन प्रचण्डको निर्देशन, भोलि एकताको मिति तय गर्ने

173 Hits

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक बैठक बसेर एकताको मिति तय गर्ने बताएका छन् । पार्टी सचिवालयको आज बसेको बैठकमा एकताका लागि भईरहेका पछिल्ला छलफल र निश्कर्षबारे प्रचण्डले नेताहरुलाई ब्रिफिङ गरेका हुन् ।

‘एकतालाई सम्मानजनक र समानताका आधारमा बनाउने गरि भोलि दुई अध्यक्षद्वयको निर्णायक बैठक गरेर संभवत एकताको मिति समेत किटान गर्ने कुरा गर्नुभएको छ,’ ऊर्जामन्त्री तथा माओवादी नेता वर्षमान पुनले भने । बिहिबारको बैठकले पार्टी एकताको टुंगो लगाउने संभावना रहेकाले पार्टी पंक्ती भित्रका विभिन्न जनवर्गीय सँगठन तथा मोर्चाहरुलाई एकताका लागि तयार रहन निर्देशन समेत प्रचण्डले दिएको मन्त्री पुनले बताएका छन् । ‘अध्यक्षद्वयले छलफल गरेर निकालेको निश्कर्षका आधारमा फेरी पार्टीको वैठकले त्यसमाथि निचोडमा पु¥याउछ,’ मन्त्री पुनले भने । अर्का नेता अग्नी सापकोटाले अध्यक्षले ब्रिफिङ गर्दा नमिलेको भनिएका धेरै कुरा अहिले सम्म आउँदा मिलेको जानकारी दिएको बताए ।

नेता सापकोटाले भने, ‘जनयुद्ध शव्द राख्ने कुरामा, समानताका आधारमा सम्मानजन र न्यायपूर्ण ढंगले एकता गर्ने कुरामा एमाले सहमत भएको कुरा अध्यक्षले सुनाउनु भयो ।’ पार्टी एकता प्रकृयालाई चाँडो निश्कर्षमा पु¥याउन सबैतिरबाट दवाव आएको बताउदै वैठकमा अध्यक्ष प्रचण्डले एकता प्रकृया लम्बिदा सरकारका काममा समेत असर परेको बताएको नेता सापकोटाले जानकारी दिए । प्रवक्ता पम्फा भुसालले पार्टी एकताका विषयमा बैठकमा छलफल भएको जानकारी दिदै अध्यक्षद्वयको भोलिको वैठकले गरेको सहमतिको आधारमा सचिवालयको वैठक बसेर निश्कर्षमा पुग्ने जानकारी दिईन् । अध्यक्ष प्रचण्डको निवास खुमल्टारमा बसेको बुधबारको बैठकमा अध्यक्षले पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ मात्रै गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

Related News

Comments are closed