गुडिरहेको ट्रक भित्र मोटरसाइकल छिरेपछि ट्रकमा आगलागी, पृथ्वी राजमार्ग ठप्प

113 Hits

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थांक्रे गाउँपालिका स्थित महादेवेसीमा ट्रकसँग मोटरसाइकल ठोक्किएर ट्रकमा ठूलो आगजनि भएको छ ।
मलेखुबाट काठमाडौं जाँदै गरेको ट्रकमा मोटरसाइकल छिरेपछि उक्त मोटरसाइकल भित्रको ट्याङ्कीको तेलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आगलागी पश्चात यातयात समेत ठप्प रहेको बताइएको छ । बुधबार विहान करिब ९ बजेर १५ मिनेट जाँदा मलेखुबाट काठमाडौं आउँदै गरेको ना ६ ख २७८१ नम्बरको ट्रकमा उक्त दिशाबाटै काठमाडौं आउँदै गरेको बा ३६ प ७२३९ नम्बरको मोटरसाइकल भित्र छिरेको थियो । प्रहरीका अनुसार मोटरसाइकल चालक प्रेम बहादुर भूजेलको अवस्था सामान्य छ । यता ट्रक जलेपछि पृथ्वीराजमार्गको यातयात ठप्प छ । जिल्ला प्रहरी कार्यालय धादिङले घटनास्थलबाट ट्रक हटाउने प्रयास गरिरहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी