असिनाले जाजरकोटका पाँच हजार घरधुरी कृषकको बाली सखाप, कृषक भन्छन्-“बीउ पनि बँचेन”

146 Hits

जाजरकोट । गएराति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ ।

गएराति लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी बाली, जंगलमा रहेको काफललगायतमा क्षति भएको बारेकोट गाउँपालिका–५ का स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिए । गहुँ पाकेर भित्र्याउन ठिक्क भएका किसान असिनाले क्षति बनाएपछि किसान पीडामा रहेको शाहीको भनाइ छ । बारेकोट गाउँपालिकाका करीब पाँच हजार घरधुरीले लगाएको गहुँ र तरकारी बालीमा क्षति भएको हो।

वर्षेनि खाद्य संकट पर्ने यो क्षेत्रमा यो पटक भित्र्याउन ठिक्क भएको अवस्था रहेको गहुँमा क्षति भएपछि किसान खाद्य अभावको चिन्तामा परेका छन् । वर्षे बाली भण्डारण गरेको अन्न सकिएको र नयाँ अन्न असिनाले नष्ट गरेपछि यहाँका किसान मर्कामा परेका हुन् । अहिलेसम्मकै ठूलो असिना परेको कुशे गाउँपालिकाका स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिए । कुशेका केही क्षेत्रमा मात्र गहुँबालीमा क्षति भएको स्थानीयले बताएका छन् । थापाका अनुसार गहुँको नल समेत असिनाले बाँकी राखेको छैन । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले क्षतिको समाचारले आफू निकै चिन्तित भएको बताए ।

स्थानीय बजारमा खाद्यान्न नपाइने र नेपाल खाद्य संस्थानको घाट डिपोमा चामल नभएका कारण समस्या भएको स्थानीयवासीको गुनासो छ । असिनाकै कारण बारेकोटकै चौथारी पाटनमा ४० भन्दा बढी भेडा मरेको किसानले जानकारी दिएका छन् ।जाजरकोटका प्रतिनिधिसभा सदस्य तथा वन मन्त्री शक्तिबहादुर बस्नेतले असिनाले गहुँमा पारेको क्षतिका विषयमा चिन्तित भएको बताउँदै खाद्य संकट टार्न पहल गरिने बताए । क्षतिको विवरण लिन स्थानीय गाउँपालिका र प्रशासनलाई निर्देशन दिइएको र विवरण आउने बित्तिकै राहत प्याकेजका लागि गृहकार्य हुने उनको भनाइ छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी