एमाले र माओवादीको भिन्दाभिन्दै बैठक आज बस्दै

97 Hits

काठमाडौं । एकताको गृहकार्यमा लागेका एमाले र माओवादीले आज भिन्दाभिन्दै बैठक आव्हान गरेका छन् । पार्टी एकतामा भैरहेको ढिलाईकाबीच दुइृ पार्टीले एकैदिन आन्तरिक छलफल थाल्नुलाई चाहिँ अर्थपूर्ण रुपमा हेरिएको छ ।

एमालेले आज साँझ ६ बजे पार्टीको स्थायी समितिको बैठक बोलाएको छ, जहाँ एकताका विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी माओवादी केन्द्रले केन्द्रीय सचिवालयको बैठक विहान ११ बजे बोलाएको छ । यो बैठकमा एकताका विषयमा नै छलफल हुने नेताहरुले बताएका छन । प्रदेश र प्रतिनीधिसभाको चुनाव अगाडी नै गठबन्धन बनाएका एमाले र माओवादीले चुनावलगत्तै एकता गर्ने भनेपनि ढिला हूँदै आएको छ । एकताका लागि राजनीतिक प्रतिवेदन र विधान मस्यौदा तयार पारिएको छ । पछिल्लो पटक बैशाख ९ गते गर्ने भनिएको एकता पनि टरेको थियो ।

एकतामा सहभागीता, जनयुद्ध शब्द र चुनाव चिन्हको विषयमा दुई पार्टीवीच कुरा मिलेको छैन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजोमात्रै पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच निरन्तर कुराकानी भइरहेको बताएका थिए । उनले कार्लमार्क्स जन्म द्वीशतवार्षिकीको अवसरमा आगामी बैशाख २२ गते नै सकेसम्म एकताको घोषणा गर्ने गरी छलफल भइरहेको बताएका थिए ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी