दुई तिहाइ मत मुलुकको समृद्धिका लागि : प्रचण्ड

104 Hits

 

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरता, विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । बबरमहलस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष दाहालले विकास र निर्माणले गति लिने विश्वास व्यक्त गरे ।

जनयुद्ध र शान्ति प्रक्रियामार्फत देशमा ठूलो राजनीतिक परिवर्तन ल्याउन आफूले नेतृत्व गरेको उल्लेख गर्दै उनले जनताको अपेक्षानुसार काम गर्ने अवसर प्राप्त भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘जनअपेक्षाअनुसार काम गर्ने अवसर प्राप्त भएको छ, जनअपेक्षा पूरा गर्न माध्यम कर्मचारीतन्त्र भएकोले कर्मचारीले यो महत्वपूर्ण भुमिका इमान्दारीका साथ पूरा गर्नुपर्छ ।’ जनताले वामपन्थीलाई मुलुकको समृद्धिका लागि दुई तिहाइ मत दिएको स्मरण गराउँदै उनले जनताले दिएको अवसरलाई सदुपयोग गरेर अघि बढ्नुपर्ने बताए ।

माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले बदलिँदो परिवेशअनुसार आफूलाई बदल्न कर्मचारीलाई सुझाव दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी