३३ किलो सुन काण्डमा आरोपित एसएसपी खत्रीलाई पक्रन प्रहरीलाई सर्कुलर

88 Hits

काठमाडौं । गत माघको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएसँगै गायव भएको ३३ किलो सुन काण्डमा आरोपित फरार एसएसपी श्याम खत्रीलाई पक्राउ गर्न देशभरका प्रहरीलाई सर्कुलर गरिएको छ ।

‘अनुसन्धान समितिले उपस्थित गराउनु भनेपछि सम्पर्कबिहिन भएका एसएसपी खत्रीलाई पक्रेर ल्याउन भनेर देशभरका प्रहरीलाई भनिएको हो’ प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकारीले भने । गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको छानविन समितिले सुन तस्करीमा एसएसपी खत्रीको संकास्पद भूमिका देखिएको भन्दै अनुसन्धानका लागि बोलाएको थियो । समितिले बोलाएको बेला बिदामा बसेका एसएसपी खत्री त्यसपछि सम्पर्कबिहिन भएका छन् । प्रहरीले उनका चालक प्रहरी जवान विष्ण खड्कालाई भने पक्राउ गरेको छ । चालक पक्राउ परेदेखि नै एसएसपी खत्री फरार भएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी