मोदीको स्वागतका लागि मुक्तिनाथमा हेलिप्याड बनाइँदै

109 Hits

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा लागि मुस्ताङको मुक्तिनाथमा तयारी तीव्र पारिएको छ ।

‘औपचारिक रूपमा निर्देशन आएको छैन, तर अनौपचारिक रूपमा उहाँ आउने भनेपछि हामीले तयारी थालेका छौं,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने, ‘हेलिप्याड बनाउनेदेखि मन्दिर श्रृंगार गर्ने काम भइरहेको छ ।’ वैशाख २८ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका मोदी मुक्तिनाथ पनि जाने कार्यक्रम तय भएको गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरिसकेका छन् ।

बेनी–जोमसोम सडकको मर्मत, मुक्तिनाथ मन्दिर छेउको भिआइपी कक्ष, हेलिप्याडदेखि मन्दिरसम्म आउने बाटो बनाउने काम अहिले धमाधम भइरहेको प्रजिअ पौडेलले जानकारी दिए । ‘प्रदेश सरकार र केन्द्रीय मन्त्रालयबाट आएको अनौपचारिक निर्देशन अनुसार सुरक्षाको पनि व्यवस्था गरेका छौं,’ प्रजिअ पौडेलले भने, ‘भारतीय सुरक्षा टोली पनि आउने सुनिएको छ । त्यसपछि धेरै कुरा टुंगो लाग्छ ।’ प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल आउन लागेका मोदी २८ गते बिहारको पटनाबाट हेलिकप्टरमा जनकपुर पुग्नेछन् ।
त्यहाँ उनलाई नागरिक अभिनन्दन गरिनेछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी