समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु श्रमिक वर्गको मुख्य कार्यभार-प्रचण्ड

74 Hits

काठमाडाैं ।  नेकपा (माअाेवादी केन्द्र) का अध्यक्ष प्रचण्डलेश्रमिक वर्गको मुख्य कार्यभार समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली  भएकाे बताउनु भएकाे छ ।

१२९ अाैं मजदुर दिवसकाे अवसरमा अाज शुभकामना दिँदै उहाँले भन्नुभएकाे छ, ‘देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ । अग्रगामी कम्युनिष्टहरुबीचको ध्रवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिन्छ ।’

अध्यक्षले संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदुर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयाे ।

मई दिवसको शुभकामना वक्तव्यकाे पूर्णपाठः-

मई दिवसको शुभकामना वक्तव्य

हाम्रो पार्टी १२९ औं मई दिवसको अवसरमा नेपाल र विश्वका मजदुरहरुसँग जुझारु ऐक्यवद्धता सहित हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछ । नेपाली जनताको मुक्तिकामी आन्दोलनमा श्रमिक वर्गको त्याग, तपश्या र बलिदानप्रति हाम्रो पार्टी हार्दिक कृतज्ञता अर्पण गर्दछ ।

मई १ सन् १८८६ मा आठ घण्टाको कार्य दिवससहित अमेरिकी मजदुरहरुले शिकागो सहरमा गरेको संघर्षको स्मरण स्वरुप विश्वभरका मजदुरहरुले आजको दिनलाई मई दिवसका रुपमा मनाउँदै आएका छन् । अमेरिकी श्रमिकहरुको यही संघर्ष नै पेशागत हक, हित र सुरक्षाका लागि विश्वका मजदुरहरुको प्रेरणास्रोत बन्यो ।

देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ । अग्रगामी कम्युनिष्टहरुबीचको ध्रवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिन्छ । त्यसका लागि समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो ।
संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदुर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदुरहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

१८ बैशाख, २०७५
……………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Loading...

Related News

लाेकतन्त्रमा मात्र श्रमकाे सम्मान हुन्छ – देउवा

काठमाडौँ,  १८ वैशाख  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिवसका…

अाज मजदूर दिवस, के पाए मजदूरले ?

काठमाडौँ, १८ वैशाख – ‘सामाजिक र आर्थिक उन्नतिका लागि श्रमिक एकता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ १२९औँ अन्तर्राष्ट्रिय श्रमिक वा ‘मे’…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी