लाेकतन्त्रमा मात्र श्रमकाे सम्मान हुन्छ – देउवा

129 Hits

काठमाडौँ,  १८ वैशाख  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गरेका छन्  ।

विश्व श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु मजदुर आन्दोलन भएको गर्दै २००३ सालमा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको र सरकारले निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरे पनि २०१६ सालमा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर मजदूरहरूलाई कानूनसम्मत अधिकार प्रदान गरेको स्मरण गराएका छन् ।

कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याइएको सभापति देउवाको सन्देशमा उल्लेख छ ।
उहाँले लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने भएको हुँदा लोकतन्त्रको रक्षा र सम्वद्र्धन गर्नु सबैको कर्तव्य र दायित्व भएकाले यस दिशातर्फ सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनी सजग र जिम्मेवार हुने विश्वास पनि व्यक्त गरेेेेका छन् ।

Loading...

Related News

काँग्रेस मात्रै समाजवादी पार्टी हाे – देउवा

काठमाडौँ, १४ मङ्सिर  । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति  एवम् पुर्व प्रधानमन्त्री  शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी…

विराटनगर पुगेर देउवाले भने-‘कोइराला परिवारसँग कुनै विवाद छैन’

विराटागर, ४ मङ्सिर नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् । कोइराला…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी