निजी विद्यालयको चर्को शुल्क विरूद्ध विद्यार्थीहरु आन्दोलित, यस्ता छन् आन्दोलनका कार्यक्रम

89 Hits

काठमाडौँ । निजी विद्यालयको चर्को शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुको संयुुक्त वैठक आज अखिल क्रान्तिकारी केन्द्रीय कार्यालय वागवजारमा बसेको छ । बैठकले निजी विद्यालयको चर्को शुल्क विरूद्व चरणवद्ध आन्दोलन गर्ने निर्णय समेत गरेको छ । आजसम्म सरोकारवाला निकायले कुनै यसप्रति कुनै सुनुवाई नगरेकाले थप संघर्षका कार्यक्रम घोषणा गर्न वाध्य भएको आन्दोलनरत बिद्यार्थीले जनाएका छन् ।

यस्ता छन् बिद्यार्थीका आन्दोलनका चरणबद्ध कार्यक्रमहरु

१. वैशाख १९ गते – संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ अवज्ञा गरी शिक्षामा सिण्डिकेट कायम गर्दै शुल्क आतंक मच्चाउने कार्यको अगुवाइ गर्ने प्याब्सन र एन प्याब्सनका केन्द्रीय कार्यालय र देशभरका जिल्ला कार्यालयहरुमा तालाबन्दी गर्ने।

२. वैशाख २० गते – शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा प्रदर्शन सहित तालाबन्दी गर्ने। देशभरका जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई९साविक जिशिअ कार्यालय ० को कार्यकक्षमा तालाबन्दी गर्ने।

३. वैशाख २१ गते – विद्यालय तहको शिक्षाको अनुगमन र शुल्क निर्धारणको अधिकारप्रति वेखबर भई निदाएका जनप्रतिनिधि ब्युझ्याउन देशभरका स्थानीय तहका कार्यालय अगाडि प्रदर्शन सहित सिटी फुक्ने।

४. वैशाख २१ गते सम्म माग सम्बोधन नगरिए वैशाख २२ गते वैठक वसी कडा र सशक्त कार्यक्रमको घोषणा गर्न वाध्य हुने ब्यहोरा अवगत गराउन चाहन्छौं।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी