“संविधानमा लेख्दैमा जिवन फेरिन्न”-प्रचण्ड

264 Hits

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले संविधानलाई जीवन व्यवहारमा लागू गर्न आमरुपमा जागरण अभियानको आवश्यकता पर्ने बताउनु भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजको तेह्रौं राष्ट्रिय महाधिवेशनको सोमबार राजधानीमा उद्घाटन गर्दै अध्यक्षले भन्नुभयो, ‘संविधानमा लेख्दैमा जीवनमा रुपान्तर भैहाल्छ भन्ने ग्यारेन्टी छैन, त्यसको लागि एउटा ठूलो चेतना र जागरणको आवश्यकता पर्दछ ।’

 

उहाँले धेरै ठूलो मेहनतपछि देशमा स्थायित्वको वातावरण बन्दै गएको बताउँदै संविधान बनेर निर्वाचन भएपछि जनताले देशमा स्थिरता, सम्मुन्नति, समृद्धि र सुशासनको अनुभूति गरेको धारणा राख्नुभयो । अध्यक्षले भन्नुभयो, ‘हामीले संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकारको रुपमा परिभाषित गरेका छौं । त्यो आफैंमा ठूलो कुरा हो ।’

आम जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर राज्यको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई अगाडि बढाउनकै लागि संविधानमा मौलिक अधिकारका रुपमा स्वास्थ्य सम्बन्धी अधिकार राखिएको उहाँको भनाई थियो । परिवर्तित राज्यको नयाँ संरचना अन्तर्गत रक्त संकलन कार्यलाई पनि त्यति नै व्यस्थित गर्ने आवश्यकता रहेको बताउँदै अध्यक्षले स्वयम्सेवी संस्थाको रुपमा भूमिका खेलेको उक्त समाजको महाधिवेशनको पूर्ण सफलताको शुभकामना पनि गर्नुभयो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी