पाैडेल पक्षकाे विराेधपछि कांग्रेस बैठक २१ गतेसम्मका लागि स्थगित

89 Hits

काठमाडाैं, १७ बैसाख ।

नेपाली कांग्रेस बैठक स्थगित भएकाे छ । पदाधिकारी मनोनयन गर्नेबारे छलफल गर्न आज डाकिएको नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक स्थगित भएको हाे ।

नेता रामचन्द्र पौडेल पक्षधरले पदाधिकारी चयनमा देउवाले एकलाैटी गरेकाे भन्दै विराेध गरेपछि सहमति खोज्न भन्दै बैठक २१ गतेसम्मलाई स्थगित भएको हो।

‘महामन्त्रीले सभापतिलाई सहमति खोज्न केही दिन बैठक सारौं भन्ने प्रस्ताव गरेपछि बैठक स्थगित भएको हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

यसअघि आइतबार सकिएको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारी नियुक्त गर्न आज बैठक गर्ने बताएका थिए।

नेता पौडेल पक्षले महाधिवेशन भएको २ महिनाभित्र पदाधिकारी नियुक्ति गर्नु पर्ने पार्टी विधानको व्यवस्था उल्लेख गर्दै अब ती पद नै नरहेको जिकिर गरेका थिए।

कांग्रेसको तेह्रौं महाधिवेशन २०७२ फागुनमा भएको थियो।

Related News

कांग्रेसले गर्यो सदन अवरुद्ध, केसीलाई सरकारले नियतवश मार्न खोजेको आरोप

काठमाडौं, ३२ असार, । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको संसद अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक अघि बढाउन…

काँग्रेसका भद्र प्रवक्ता शर्माले भने – हामी भद्र प्रतिपक्षी

दाङ, जेठ १९ गते । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर नमूना प्रतिपक्षको भूमिका निभाउने बताएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी