कता हरायाे एकता चर्चा ? यस्तो छ एकता राेकिनुकाे कारण

186 Hits

अध्यक्षद्वय व्यस्त हुँदा पार्टी एकता अन्योलमा

KP-oli-Prachandaकाठमाडौंँ,  १७ वैशाख –

वाम दलका दुई अध्यक्षले छिट्टै पार्टी एकता गर्ने घोषणा गरे पनि दुई नेताबीचको भेटघाट र वार्ता नियमित हुन सकेको छैन । यसले पार्टी एकता प्रक्रियाका विषयमा अन्योल सिर्जना गरेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयबीच शुक्रबार एकता प्रक्रियाका विषयमा सामान्य छलफल भए पनि ठोस सहमति बन्न सकेन । त्यसपछि अर्को बैठक बस्ने मितिको टुङ्गो नलागेको अध्यक्षद्वयको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री आइतबार प्रदेश ५ को कार्यक्रममा व्यस्त हुनुभयो । यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहनुभयो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टी एकताको विषय दुई अध्यक्षको खल्तीमा रहेकाले यस विषयमा अरूलाई केही जानकारी नभएको बताउनुभयो । अध्यक्षद्वयबीचको बैठक र संवादको मितिबारे समेत आफूहरूलाई जानकारी नगराइएको उहाँले बताउनुभयो । प्रधानमन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आएपछि दुई अध्यक्षबीचको वार्ताले निरन्तरता पाउने रिमालले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच वार्ताबारे मिति तय भइसकेको छैन । प्रधानमन्त्री उपत्यका बाहिर रहनुभएकाले बैठक र संवादमा विराम लागेको उहाँले बताउनुभयो । यद्यपि गएको शुक्रबारसम्म दुई अध्यक्षबीच वार्ता र संवाद नियमित भए पनि सहमतिबारे केही नबताइएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश ५ को बैठकलाई सम्बोधन गर्न आइतबार बुटवल पुग्नुभएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्री सोमबार मात्र काठमाडौँ फर्कनु हुने जानकारी दिनुभयो । एमाले नेता तथा अन्तरिम विधान तथा पार्टीको संरचना निर्माण कार्यदलका सदस्य वेदुराम भुषालका अनुसार दुई अध्यक्षबीच २० गते बैठक बस्ने कुरा भएको छ । त्यसअघि दुवै अध्यक्ष व्यस्त रहनुभएकाले २० गतेको मिति तय भएको उहाँले जानकारी दिनुभयो ।
यसअघि वैशाख ९ गते पार्टी एकताको घोषणा गर्न कार्यदलले प्रस्ताव गरेको थियो । तर, त्यस दिन दुई अध्यक्षले सम्बोधन गर्दै पार्टी एकता छिट्टै हुने घोषणा गर्नुभएको थियो । कार्यदल सदस्यले १८ गते मजदुर दिवसको दिन वा २२ गते कार्ल माक्र्स जन्मेका दिन पार्टी एकताका लागि उपयुक्त हुने सुझाव दिएका छन् । तर, दुई अध्यक्षबीचको बैठक र संवादले निरन्तरता पाउन नसक्दा एकता घोषणा अन्यौलमा रहेको कार्यदलका सदस्यहरूले बताउनुभयो ।

Related News

प्रचण्ड-ओली भेटले एकतामा ठोस प्रगति, मंगलबार नै मिति तोक्ने संभावना

काठमाडौं, २४ पुस । देशैभर चिसो वढेर शितलहर चलिरहेको बेला आइतबार भएको दुई शिर्ष नेताको भेटले एकाएक राजनीतिमा भने तापक्रम…

कहाँ अड्किएको छ एमाले माओवादी एकता ? यस्ता छन ६ वटा विकल्प

काठमाडौं, १७ पुस । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अघि नै पार्टी एकता गर्ने गरी चुनवाी गठबन्धनमा होमीएका ठूला…

Comments are closed