अाज २५६२ अाैं बुद्ध जयन्ती मनाईँदै, यस्ताे छ तयारी

165 Hits

काठमाडौँ, वैशाख १७ ।

वैशाख शुक्ल पूर्णिमाका दिन सोमबार शान्ति नायक सिद्धार्थ गौतमको २५६२औँ जयन्ती मनाइँदैछ । सिद्धार्थ गौतमको वैशाख शुक्ल पूर्णीमाका दिन जन्म र यसै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्त गरेको दिन परेकाले यो दिन सबै शान्तिकामीले महìवका रूपमा लिने गर्छन् ।

अरूलाई दुःख नदिनु, हिंसा नगर्नु, झुठो नबोल्नु जस्ता बुद्ध वचनको वर्षैभरि आफूबाट परिपालना भयो भएन भनेर यो दिन स्मृति गर्दै जयन्ती मनाउने चलन छ । स्वयम्भू महाचैत्य र बौद्धस्थित गुरु ल्हाखाङ गुम्बामा सिद्धार्थ गौतमको अस्थि धातु सर्वसाधारणलाई प्रदर्शन गर्ने तयारी छ । पशुपतिनाथलाई पनि बौद्धमार्गीले मिलारेप्पा भन्दै बुद्धको अंश मान्ने गरेबाट यहाँ आगमन हुने भक्तजनको सुविधाका लागि आवश्यक व्यवस्था मिलाइएको छ ।
उपत्यकाका सबै बौद्ध विहार गुम्बा चैत्य र बहालवहीमा अर्चनाको तयारी भएको छ ।

Related News

बुद्व जयन्ती, स्वदेशीलाई नै उपेक्षा ?

अाज गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीसँगै देश–विदेशका थुप्रै स्थानमा बुद्धको स्मरण र विश्वशान्तिको कामना गर्ने चलन छ। लुम्बिनीमा सरकारकै अगुवाइमा अन्तर्राष्ट्रिय…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी