एनआएनए बेल्जीयमले गर्यो देवकोटाको उपचार र स्वदेश फिर्ती पहल, सहयोगको लागि आग्रह

137 Hits

लुभेन बेल्जीयम, २९ अप्रील
गैर आवासिय नेपाली संघ बेल्जीयमले नेपालबाट अध्ययनको लागि वेल्जीयम पुगेर विरामी परेका सुमन देवकोटाको उपचार र स्वेश फिर्तीको लागि समेत पहल गरेको छ ।

बेल्जीयम पुगेको केही समयमै अस्वस्थ भएका देवकोटालाई एनआएनए बेल्जीयमका अध्यक्ष लोक प्रसाद दाहालको नेतृत्वमा उपचारको व्यवस्था मिलाइएको थियो । उनको करिब दुई महनिा लामो उपचारपश्चात स्वास्थय अवस्था राम्रो भएपछि चिकित्सकको अनुमतिमा डिस्चार्ज गरिएको छ । उनको घरयासी कारणले गर्दा उनलाई स्वदेश फिर्ता गराउन पनि आवश्यक पहल र सहयोग पनि एन आरएनएले जुटाउँदैछ ।

हालैमात्र नेपालबाट बेल्जियम आईपुग्नु भएका श्री सुमन देवकोटाको स्वास्थ्य उपचारका लागि अध्यक्ष लोक दाहाल, जनप्रगतीशिल मोर्चा युरोपका अधक्ष्य बिष्णु भुजेलको छिमेकी देवराज पौडेल र समाजसेवी डा लुक बुकुरको नेतृत्वमा निरन्तर प्रयास भएको थियो । देवकोटालाई स्थानीय चिकित्सकको पहलमा अस्पताल भर्ना गरिएको तथा उहाँको स्वास्थ्य वीमा नभएपनि उपचार भैरहेको थियो ।

उपचारको क्रम सकिएको, स्वस्थ्यमा सुधार आएको र चिकित्सकको सल्लाह तथा देवकोटा एवँ उनीको परिवारको इच्छा अनुसार उनी स्वदेश फर्किने निर्णय लिएका छन् । देवकोटा यहाँ आएको धेरै समय नभएको तथा कुनै बैधानिक र रोजगारीको अवसर प्राप्त नभएकोले स्वदेश फिर्तीको आर्थिक भार एनआरएन बेल्जियमले बहन गर्नुपर्ने अवस्था आएको अध्यक्ष दाहालले जानकारी दिए ।

दाहालले फेसबुकमार्फत एक अपील जारी गर्दे घरमा एकल आमामात्रै रहनु भएको, यता आउँदाको खर्च समेतका कारण आर्थिक अवस्था असहज रहेको अवस्थालाई ख्याल गर्दै देबकोटालाई लिएर स्वयँ अध्यक्ष दाहाल (आफनै खर्चमा) जाने जानकारी गराएका छन् ।

र एकजना डाक्टर पनि साथै जानु पर्ने भएकोले देवकोटा र डाक्टरको लागि सहयोग जुटाउनु परेको उनको भनाई छ । १ जना डाक्टरको दुईतर्फी, देवकोटाको एकतफी हवाई टिकट र यात्रा खर्च० लाग्ने आर्थिक खर्च सँकलनको लागि बेल्जियमस्थित समस्त नेपाली दाजुभाई दिदीबहिनीहरु, सँघसंस्था सवैमा यथासक्य आर्थिक सहयोगका लागि एनआरएन बेल्जियम हार्दिक अपील गर्दछ जारी नोटमा भनिएको छ ।

नोटमा देवकोटाको अवस्थालाई मध्यनजर गर्दै आउदो मे महिनाको पहिलो हप्ता नेपाल लैजाने योजना रहेकोले यथाशीघ्र सहयोगको पहल गरिदिनुहुन पनि अनुरोध छ । सहयोग हस्तान्तरणका लागि एन्तोर्पेनमा अध्यक्ष दाहाल, कोषाध्यक्ष दर्शन गुरूड, ब्रुज बरिष्ठ उपाध्यक्ष कमल पन्थी, ब्रसेल्स सहकोषाध्यक्ष इश्वरा शर्मा, ओस्टण्डे क्षेत्रीय सँयोजक रुपा शाक्य र लुभेनमा उपाध्यक्ष खडक केसी र महासचिव आड।मायालाई सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

Loading...

Related News

एनअारएनए बेल्जियम अध्यक्ष दाहाललाई पाेर्चुगलमा सम्मान

मुलखबर सम्बादाता, पाेर्चुगल, १६ असाेज । एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाललाई पोर्तुगलमा सम्मान गरिएको छ । अध्यक्ष दाहालले एनआरएनएलाई वास्तवमै…

अागामी सेप्टेम्बर १६ मा एनअारएनए बेल्जियमकाे साधारणसभा हुँदै , यस्तो छ तयारी

बेल्जियम, २२ भदौ । गैर आवासीय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा अागामी सेप्टेम्बर १६ मा हुने निश्चित भएकाे छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी