बेल्जियमको एउटै नगरपालिकामा ४ जना नेपाली उमेदवार, विवरण सहित

201 Hits

लुभेन, बेल्जियम, २९ अप्रिल

आउँदो अक्टोबरमा बेल्जियममा हुने नगरपालिकाको निर्वाचनमा लुभेन नगरपालिकामा मात्रै ४ नेपाली उमेदवार हुने भएका छन् । यहाँको प्रख्यात विश्वविद्यालयका कारण लुभेन विश्वभर परिचित छ । र यही लुभेन नगरपालिकाको एक प्रमुख आप्रवासी समुदायका रूपमा नेपालीहरू रहेका छन् । यसै कारण यहाँका प्रमुख राजनीतिक पार्टीहरूले नेपालीलाई मैदानमा उतारेका हुन् ।

लुभेन नगरपालिकामा लामो समयदेखि चुनाव जित्दै आएको यस् पि ए S.P.A. ले सूर्य ढकाललाई उमेदवार बनाएको छ भने अर्का राष्ट्रिय पार्टीहरू सि डि यण्ड भि CD&V ले रश्मी निरौला र ग्रीन पार्टीले बलीराम झालाई उमेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी अर्को दल यन् भी ए NVA ले कृष्ण क्षेत्रीलाई उमेदवार बनाउँएछ ।

झण्डै ८० हजार मतदाता रहेको लुभेनमा नेपाली मूलका मतदाताहरूको संख्या करिब ५०० रहेको बताइन्छ । समानुपातिक मतदानका आधारमा नगर परिषदमा ४५ जनाको प्रतिनिधित्व हुने गर्छ । समानुपातिक मतदान प्रणालीका कारण नेपालीहरूको यो भोट एकत्र हुन सके कुनै राष्ट्रिय पार्टिबाट उमेदवार बनेको एक व्यक्ति निर्वाचित हुन सक्छ । तर यदी यो भोट समानुपातिक रूपमै बाँडिएमा अर्थहिन हुनसक्छ ।

खासमा, लुभेनमा सबैभन्दा बलियो पार्टी सोसलिस्ट (SPA) रहेकोले सोसलिस्ट उमेदवारको जित्ने संभावना बढी हुन सक्थ्यो । तर यहाँका प्रमुख पार्टीहरूले एक-एक नेपाली उमेदवार उठाइदिएकाले भोट बाँडिने र अन्ततः एक नेपाली उमेदवार अर्को नेपाली उमेदवारलाई हराउन मात्र उपयोग हुने संभावना देखिएको छ ।

गैरआवासिय नेपाली संघ बेल्जीयमले त्यहाँ स्थित नेपाली मतदातालाई विवेक प्रयोग गरी मतदान गर्न अपील गरेको छ । एनआएनएका अध्यक्ष लोक प्रसाद दाहालले नेपालीहरुले आफ्नो मत विवेकपूर्ण तवरले उपयोग गर्ने बताएका छन् ।

Loading...

Related News

एनअारएनए बेल्जियम अध्यक्ष दाहाललाई पाेर्चुगलमा सम्मान

मुलखबर सम्बादाता, पाेर्चुगल, १६ असाेज । एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाललाई पोर्तुगलमा सम्मान गरिएको छ । अध्यक्ष दाहालले एनआरएनएलाई वास्तवमै…

अागामी सेप्टेम्बर १६ मा एनअारएनए बेल्जियमकाे साधारणसभा हुँदै , यस्तो छ तयारी

बेल्जियम, २२ भदौ । गैर आवासीय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा अागामी सेप्टेम्बर १६ मा हुने निश्चित भएकाे छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी