कञ्चनपुरको पुनर्वासमा भारतीय एसएसबीको हस्तक्षेप

151 Hits

कञ्चनपुर,

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा स्थानीयले विद्युतीय तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले अवरोध सिर्जना गरेको छ । जंगली जनावरलाई गाउँ पस्नबाट रोक्न नेपाली भूमीमा लगाइएको तारबार भारतीय सिमा सुरक्षा बलले उखेलेको हो ।

पुर्नवास नगरपालिका–९ का वडा अध्यक्ष नारायण जैशीले नेपाली भूमीमा तारबार लगाउँदा भारतीय पक्षले अवरोध गरेको बताए ।

उनले भारतीय सीमा सुरक्षा बल ३९ औँ बटालियन अन्र्तरगत घोला क्याम्पमा कम्पनी कमाण्डर फेरीएका कारण सीमा पिलर १९५ मा अवरोध सिर्जना गरेर लगाएको तारबार पनि उखेलिदिएको बताए ।

‘एसएसबीको अघिल्लो कम्पनी कमाण्डर संग तारबार लगाउने विषयमा सहमती भएको थियो’, वडाध्यक्ष जैशीले भने, ‘नयाँ कमाण्डर आएर तारबार लगाउने काममाथी अवरोध सिर्जना गरेर काम रोकियो ।’ भारतीय सीमा सुरक्षा बलका जवानले आफ्नो भूमि भन्दै तारबार लगाउनमा अवरोध पु¥याएका थिए ।

जैसीले सीमा पिलर पुनर्निर्माण तथा मर्मत गर्न लागेको नेपाल भारत संयुक्त सीमा टोलीसंग समेत यस क्षेत्रको विवाद टुङगो लगाउन अनुरोध गरिएको बताए । एसएसबीको अवरोध पछि तारबार लगाउने काम रोकिएको छ । वडाध्यक्ष जैसीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकासंग संयुक्त टोली मार्फत सीमा विवाद टुङगो लगाएर अघि बढ्ने छलफल भएको बताउदै वडाध्यक्ष जैसीले काम अघि बढ्ने बताए ।

यस घटनासंगै भारतीय पक्षबाट एक बर्षमा चारपटक ज्यादती भइसकेको छ । अघिल्लो फागुनमा पुनर्वास नगरपालिका–४ आनन्द बजारमा कल्र्भट निर्माणको विषयमा भारतीय पक्षबाट नेपाली नागरिक गोबिन्द गौतम मारिए । सोही ठाँउमै भारतीय पक्षबाट गत कात्तिकमा ट्रेन्च खनिएको थियो । कात्तिकमै भीमदत्त नगरपालिका–१० जिमुवामा होमपाईप बिछ्याउने बेला एसएसबीबाटै अवरोध सिर्जना भएको थियो ।

माघमा बेलौरी नगरपालिका १० सडकघाटमा सडक चौडाई गर्दा भारतीय पक्षबाट अवरोध हुँदा कामै रोकियो । यसरी भारतीय पक्षबाट श्रृखलाबद्ध हस्तक्षेप हुन थालेपछि स्थानीय आक्रोशित छन् ।

पटक पटक सीमा क्षेत्रमा भारतीय पक्षबाट ज्यादती हुँदा समेत नेपाल पक्षले कुटनीतिक पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
पुर्नवासका स्थानीय अगुवा लोकेन्द्र लम्सालले हालै नेपालका प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएको केही दिनमै सीमा क्षेत्रमा नेपालीमाथी ज्यादती हुनु लज्जास्पद भएको बताए । उनले सरकारसमेत यस विषयमा गैरजिम्मेवार भएको आरोप लगाए ।-नयाँ पत्रिकाबाट

Loading...

Related News

मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन

नुवाकोट, २९ कात्तिक सडक निर्माण्का क्रममा प्रभावित उपभोक्ताहरुले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् । राष्ट्रिय गौरवको आयोजनाको…

सिन्धुपाल्चोकका सबै प्रहरी चौकी पालबाट सुविधासम्पन्न भवनमा

सिन्धुपाल्चोक, २१ कात्तिक । भुकम्पले क्षतीग्रस्त भएका सिन्धुपाल्चोकका प्रहरी चौकीहरु अब सुविधासम्पन्न भवनमा स्थानान्तरण भएका छन् । विनाशकारी भूकम्पमा कार्यालयहरु…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी