स्वागतका नाममा बिद्यार्थीलाई लाइन लगाउने काम बन्द गर्नुस- मन्त्री पोखरेल

144 Hits

काठमाण्डौं, १३ बैंसाख –
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुका कार्यक्रम र स्वागतका नाममा कलिला बालबालिकालाई लाइन लगाउने वा घाममा कुराउने प्रकारका काम बन्द गर्ने विद्यालयहरुलाई निर्देशन दिनुभएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले विश्वव्यापी कार्यसप्ताह २०१८ अन्तर्गत आज आयोजना गरेको “सार्वजनिक शिक्षा सुदृढीकरणका लागि राजनीतिक प्रतिबद्धता” विषय संवाद कार्यक्रममा मन्त्री पोखरेलले त्यसरी लाइन लगाउन मानवअधिकार र सभ्य समाजको दृष्टिले गलत भएको जनाउनुभयो । मन्त्री पोखरेलले बुधबार गोखारको पालुङटारका केही विद्यालय पुग्दा विद्यार्थीको लाइन लगाइएको पाइएपछि यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले सामुदायिक विद्यालय सुधारका लागि शिक्षामा बजेट बढाउन आवश्यक भएकाले त्यसमा सबैको पहल हुनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताहरु लागेमा शिक्षामा निर्वाचनमा प्रतिबद्धता गरिएअनुसार कुल बजेटको २० प्रतिशत बजेट विनियोजन हुन सक्ने जनाउँदै आफूले शिक्षा सुधारका लागि मार्गचित्र र कार्ययोजनाका साथ अघि बढिरहेको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा कुल बजेटको करिव १० प्रतिशतमात्र विनियोजित छ ।

Loading...

Related News

Over 22 million Pakistani children are out of school

Pakistan, 15 NOv More than 22 million children are still out of school in  Pakistan  A new report by Human…

शिक्षक नेताले दिए शिक्षा मन्त्रीलाई यस्ता सुझाव

काठमाडौं, २८ कात्तिक । शिक्षकहरुको माग पुरा गराउन सरकारले विभिन्न पहल र अभियानहरु सञ्चालन गरिरहेको छ । शिक्षकहरुले पनि विभिन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी