चितवनलाई केन्द्र मानेर एकीकृत विकासको मोडल तयार- प्रचण्ड

156 Hits

चितवन,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई केन्द्र मानेर एकीकृत विकासको मोडल तयार गर्न आफु लागिपरेको बताएका छन् । उनले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर चितवनको विकास योजना बनाउनु पर्ने बताए । उनले प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिए ।

प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले प्रदेश ३ को प्रहरी हेडक्वार्टर चितवनमा राख्ने तय भइसकेको जानकारी दिए ।

प्रचण्डले राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय चितवनमा नै रहनेसमेत उनले बताएका छन् । चितवनलाई केन्द्र मानेर एकीकृत विकासको मोडल तयार गर्न आफु लागिपरेको बताए ।

चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै प्रचण्डले यस क्षेत्रको विकास गर्दा चितवन मात्रै होइन, वरिपरिको स्थितिलाई हेर्नुपर्ने बताए ।, ‘खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्छ ।’ उनले भने, ‘एकीकृत विकासको मोडल बनाउँदा एशियाली मापदण्डका कुरा पनि चलिरहेका छन् । अन्तर्राष्ट्रिय मापदण्डका कुरा पनि चलिरहेका छन् । त्यस्तै मोडेल हामी यस क्षेत्रमा बनाउँछौँ ।’

विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली सुरु गर्न छलफल अघि बढेको भन्दै प्रचण्डले नेपालका १५ ठाउँमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने बताए । जिल्लामा २५ वटा उद्योग खोल्न चिनियाँ टोलीसँग मंगलबार साँझ छलफल भएको बताउँदै उनले स्टिल, फलाम, कपडा, चप्पलजस्ता उद्योग खोल्न उनीहरुले प्रस्ताव गरिरहेको जानकारी दिए ।

Loading...

Related News

प्रचण्डले भने-‘सबैको साथ नभएको भए परिवार नै बिघटनमा जानसक्थ्यो’

काठमाडौं, ३ मंसिर- नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक मात्र छोरा प्रकाश दाहालको निधनको दुखद परिस्थितिमा…

party unification will conclude soon : Prachanda

Myagdi, 15 Nov- Chairperson of the Communist Party of Nepal, Pushpa Kamal Dahal ‘Prachanda’ has said that party unification would…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी