खानेपानी मन्त्री मगरले लिइन् ३ बालबालिकाको शैक्षिक अभिभावकत्व

226 Hits

कञ्चनपुर, १० बैशाख ।

खानेपानी मन्त्री बिना मगरले विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएकी छन् ।

सरकारले देशैभरि सञ्चालन गरेको राष्ट्रिय अभियानमा सहभागिता जनाउन कञ्चनपुर पुग्दै मन्त्री मगरले बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकाका ३ विद्यार्थीलाई भर्ना गराएकी हुन् ।

मन्त्री मगरले बेलौरी नगरपालिका-१० शिवनगरस्थित शिद्धेश्वर माविमा सन्दिप चौधरीलाई ७ कक्षामा, बेलौरीकै पुष्पलाल जनजागृति माविमा आदित्य चौधरीलाई ५ कक्षामा र बेल्डाडी गाउँपालिकाको शिद्धनाथ माविमा प्रकाश गिरीलाई १ कक्षामा भर्ना गराइन् ।

शिवनगरको शिद्धेश्वर माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले अभिभावकत्व ग्रहण गर्ने अभियान सन्देशात्मक भएको बताइन्। `भर्ना अभियानले गाउँगाउँ र वडावडामा जागरण पैदा गरेको छ,´ उनले भनिन्, `सरकारको भर्ना अभियानलाई सफल बनाउन सबैले बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुपर्छ ।´

गरीब र सबै वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन सरकारले अभियान थालेको उनले बताइन् । `समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन विद्यार्थी भर्ना अनिवार्य हुन्छ,´ उनले भनिन्, `शिक्षालाई रोजगारमुलक बनाएर समृद्धि ल्याउन सकिन्छ ।´ विद्यार्थी भर्ना अभियान सरकारको मात्र नभई सबै जनताको भएको उनले बताए ।

Loading...

Related News

मेलम्चीबारे अाशंका नगराैं, निर्धारित समयमै सकिन्छ – खानेपानी मन्त्रालय (विज्ञप्तिसहित)

काठमाडौं, ३ पुस ।  खानेपानी मन्त्रालयले मेलम्ची अायाेजना समयमै सम्पन्न गर्ने स्पष्ट पारेकाे छ । केही दिन अघि मेलम्ची अायाेजनाकाे…

मेलम्चीको ढिलाइमा समस्या कहाँ हाे ? खानेपानी मन्त्रीकाे यस्तो छ संकल्प

काठमाडौं, २० मंसिर । मेलम्चीको पानी काठमाडौंमा ल्याउने र काकाकूल काठमाडौंलाई तिर्खा मेटाउने कुरा हुन थालेको करिब ३० वर्ष भयो…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी