सांसदकी छोरी मिस नेपाल भई भनेर हल्ला गर्नुको औचित्य देख्दिनँ -श्रृंखला खतिवडा

567 Hits

मिस नेपालमा भाग लिने सोच कहिलेबाट र कसरी आयो ?

सानैदेखि मिस नेपाल प्रतियोगिता राम्रो लाग्थ्यो । मेरो बच्चादेखिकै रहर पनि हो । मिस नेपाल भएपछि सबैले चिन्छन् भन्ने मनसाय थियो ममा । बिस्तारै बुझ्दै जाँदा सबैले चिन्ने मात्र नभएर मिस नेपालको आवाज पनि बलियो हुँदोरहेछ भन्ने थाहा भयो । त्यसले गर्दा मिस नेपाल हुन्छु भन्ने संकल्प कसेँ । त्यहीअनुसार आफूलाई क्षमतावान बनाएँ । पूर्वयोजनाका साथ यो वर्ष भाग लिएकी हुँ ।

पूर्वयोजना कस्तो थियो ?

म आर्किटेक्चरको विद्यार्थी हुँ । ब्याचलर पढ्दादेखि नै मिस नेपालमा भाग लिन्छु भन्ने सोच बनाएकी थिएँ । ब्याचलर सक्दा २०१८ को मिस नेपालमा भाग लिन पाउँथेँ । यही नै पूर्वयोजना हो ।

मिस नेपालमा भाग लिन जान्छु भनेर परिवारलाई कहिले भन्नुभयो ?

मेरो रहर छ भनेरचाहिँ थाहा पाउनुभएको थिएन । भन्न त पहिलादेखि नै आमालाई भनिरहेकी थिएँ । तर, उहाँलाई म जिस्किएकोजस्तो लागेको रहेछ । मैले उहाँलाई मनाइरहेँ । आमाले नै बाबालाई मेरो इच्छा सुनाइदिनुभयो ।

परिवारले सहजै स्वीकार गर्नुभयो ?

खासमा आमाबाबाको मिस नेपाल ग्ल्यामर फिल्ड हो भन्ने बुझाइ थियो । त्यति नै वेला पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले विद्याभूषण जितेपछि उहाँहरूलाई सम्झाउन सहज भयो । मिस नेपाल भनेको ग्ल्यामर मात्र नभएर अवसर पनि हो । म फेमका लागि नभएर प्लेटफर्मका लागि जान लागेको हो भनेँ। त्यसपछि उहाँहरू कन्भिन्स हुनुभयो । साथ पनि दिनुभयो ।

उपाधि जितेपछि आमा–बुवाको प्रतिक्रिया कस्तो आयो ?

एकदम खुसी हुनुहुन्छ । आमा देशबाहिर हुनुहुन्थ्यो, बुवाचाहीँ यहीँ । आमासँग मिस नेपाल भएको एक हप्तापछि मात्र भेट भयो । अगाडि फोनमा कुराकानी भइरहेको थियो । बुवाले प्लेटफर्मको सदुपयोग गर्नु भनेर सुझाब दिनुभएको छ । मेरो जितले उहाँहरू गौरवान्वित हुनुहुन्छ ।

कम्युनिस्ट सांसदको छोरी मिस नेपाल भई भनेर चर्चा भयो, कस्तो लागिरहेको छ ?

यो कुरा मलाई चित्त बुझिरहेको छैन । किनभने मैले आफ्नो पहिचानका लागि मिस नेपालमा भाग लिएकी हुँ । पहिचान बनाउन पनि सफल भएँ । सांसदको छोरी हुनु मेरो रोजाइ होइन । उहाँहरूको रुचि, रोजाइअनुसार राजनीतिमा लाग्नुभयो, सांसद हुनुभयो । उहाँहरू सांसद भएकै कारण म मिस नेपाल भएकी भए जोड्न मिल्थ्यो, तर म मेरो आफ्नो क्षमताको कारण मिस नेपाल भएकी हुँ ।

सांसदकी छोरी मिस नेपाल भई भनेर हल्ला गर्नुको औचित्य देख्दिनँ । पुल्चोक इन्जिनियरिङ कलेजको आर्किटेक्चरको टपर हुँ । त्यसैले मेरै क्षमतासँग जोडिएर चर्चा होस् । न कि सांसदकी छोरी भई भनेर विवाद । संसद् भवनमा सांसद विरोध खतिवडाकी छोरी भनेर चर्चा हुनु स्वाभाविक हो ।

तर, मिस नेपाल भएपछि सांसदकी छोरी भनेर जबर्जस्ती आमाबुवासँग जोड्नु ठीक होइन । अस्वाभाविक विवादले मेरो पहिचान बंग्याउन खोजियो । मेरो पहिचानलाई जबर्जस्ती गौण बनाइयो ।

पहिला कम्युनिस्टहरूले मिस नेपालको विरोध गर्थे नि, यसमा के भन्नुहुन्छ ?

पहिला नबुझेर विरोध भयो होला । मेरो बुवा पनि भन्नुहुन्छ, ‘त्यसवेला नबुझेको कारण विरोध भयो, तर गलत रहेनछ ।’ समय पनि परिवर्तन हुँदै गएको छ । हुनु पनि पर्छ । कम्युनिज्म पनि त फेरिइसकेको छ । पहिलाको जस्तो ‘हाडकोर्ड’ कहाँ छ र रु यसलाई म सकारात्मक मान्छु । प्रगतिशील हो भनेर बुझ्नु जरुरी छ । नत्र त यथास्थितिवादी भइहालिन्छ नि ।

मिस नेपाल भएपछि तपाईंमा के परिवर्तन आयो ?

पहिलो परिवर्तन त पहिला परिवार, आफन्त, साथीभाइमाझ मात्र परिचित थिएँ । अहिले सबै नेपालीले चिन्नुहुन्छ । बाटोमा हिँड्दा पनि ओहो मिस नेपाल भन्नुहुन्छ । व्यस्त दैनिकी सुरु भएको छ । विश्वमा नेपाल चिनाउने जिम्मेवारी थपिएको छ । सबै नयाँ लागिरहेको छ ।

राजनीतिमा कत्तिको चासो छ ?

सचेत छु । राजनीति बुझेकी छु । सबैले बुझ्न जरुरी पनि छ । राजनीति एउटा यस्तो महत्वपूर्ण क्षेत्र हो जसको माध्यमबाट नीति परिवर्तन गर्न सकिन्छ । तर, आफैँ राजनीतिमा लाग्ने अथवा सक्रिय हुने भन्ने विषयमा चाहिँ सोचेकी छैन ।

अहिलेको राजनीतिक अवस्था कस्तो लाग्छ ?

अहिलेको राजनीति धेरै सकारात्मक भएको छ । हामीलाई विकेन्द्रीकरण चाहिएको थियो, पायौँ । १८ वर्षपछि स्थानीय सरकार बनेको छ । पाँचवर्षे स्थायी सरकार छ । तीन तहको सरकारले मिलिजुली विकास र समृद्धिका लागि काम गर्दै छ । गाउँगाउँमा सिंहदरबार छ । सरकारसँग सबैको पहुँच छ । राजनीतिक स्थायित्व छ ।

‘मिस वल्र्ड’मा नेपालले के उपलब्धि हासिल गर्छ ?

मिस नेपाल वल्र्ड भएसँगै विश्वमा नेपाललाई चिनाउने ठूलो जिम्मेवारी थपिएको छ । मिस वल्र्डमा नेपालले यही स्थान हासिल गर्छ भनेर म अहिले भन्न सक्दिनँ । तर, मेरो लक्ष्य मिस वल्र्डको टाइटल नेपाल ल्याउनेमा रहनेछ । त्यहीअनुसार म कडा मिहिनेत गरेर आफूलाई सक्षम बनाउनेछु ।- नयाँ पत्रिकामा प्रकाशीत

Loading...

Related News

‘वीराङ्गना’को मसला एक्शन ट्रेलरमा यस्तो छिन् शिल्पा

मूलखबर। काठमाण्डौ   अभिनेत्री शिल्पा पोखरेल तथा अनुप विक्रम शाही स्टारर ‘वीराङ्गना’को एक्शनमय ट्रेलर सार्वजनिक भएको छ। असार २९ गते…

Why sexual harassment is a reality in Bollywood ?

Media captionBollywood actresses Radhika Apte and Usha Jadhav are speaking out about sexual harassment Every year thousands of young men…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी