क्रान्तिकारी कम्युनिष्टहरुबीच एकताको लागि प्रचण्डको नयाँ अपील

491 Hits

काठमाडौं, ९ बैसाख ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिष्टहरुबीच एकताको लागि नयाँ अपील गरेका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एक प्रेस विज्ञप्ती जारी गर्दै प्रचण्डले क्रान्तिकारी कम्युनिष्टहरुबीच एकताको अवश्यकतामा थप जोड दिएका हुन् ।

नेकपा एमालेसँग पार्टी एकताको विषयमा केही मतदेखिइरहेको बेला प्रचण्डले क्रान्तिकारी कम्युनिष्ट भनेर कोको लाई भनेका हुन् भन्ने कुरा चाहिँ खुलाइएको छैन । नेकपा माओवादी केन्द्रले एमालेलाई क्रान्तिकारी कम्युनिष्ट भनेर संवोधन गर्ने गरेको पाइँदैन ।

एमालेले जनयुद्धलाई एकीकृत पार्टीको मूल प्रस्तावना र विधानमा उल्लेख गर्न नमानेपछि रोकीएको एकता प्रक्रिया क्रान्तिकारी  कम्युनिष्टहरुबीचको एकताको चर्चाले कता पुग्छ त्यो भने हेर्न बाँकी छ ।
प्रचण्डले लेनिने जन्मजयन्ती तथा कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा जारी विज्ञप्तीमा भनेका छन्
पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन हार्दिक अपील गर्दछ ।

त्यसैगरी उनले जनयुद्धको जगमा भएको जनआन्दोलनले सयौं वर्षको राजतन्त्रलाई समाप्त गरी संविधानसभाद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्पष्ट पारेका छन् ।
विश्व सर्वहारा वर्गका महान् नेता कमरेड भी.आई. लेनिनको १४८ औैं जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा प्रचण्डले जारी गरेको विज्ञप्तीमा महान् सहिदहरुप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुप्रति सम्मान र घाइतेहरुको स्वास्थ्यलाभको कामना गरिएको छ ।

हेर्नुहोस पूर्ण पाठ- प्रेस वक्तव्य
विश्व सर्वहारा वर्गका महान् नेता कमरेड भी.आई. लेनिनको १४८ औैं जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी एवम् प्रगतिशील र देशभक्त जनसमुदायमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछ । यस अवसरमा महान् सहिदहरुप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुप्रति सम्मान र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछ ।

लेनिनको जन्म जयन्तीको अवसर पारेर आजभन्दा ६९ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । वर्ग–संघर्ष र विचारधारात्मक संघर्षको लामो श्रृङ्खला एवं विभाजन र एकताको अनगिन्ती अनुभवहरु हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको छ ।

जनयुद्धको जगमा भएको जनआन्दोलनले सयौं वर्षको राजतन्त्रलाई समाप्त गरी संविधानसभाद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो । गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीतासहितको समाजवाद उन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको हाम्रो मुख्य अभिभारा हो ।

स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गरि देश अहिले स्थिरता, सुशासन र विकासको व्यवहारिक अभ्यासको चरणमा छ । यो समाजवाद उन्मुख संविधान कार्यान्वयनको पहिलो खुट्किलो हो । नेपाली जनताले सामााजिक न्यायसहितको समृद्धिको नयाँ युगको अपेक्षा गरेका छन् ।

कम्युनिष्ट पार्टीहरु बीचको एकीकरण र समाजवादको आधार निर्माणका निम्ति संविधान कार्यान्वयनसँगै देशको आर्थिक समृद्धिका लागि महान् लेनिनले तत्कालिन सोभियत संघमा पुर्याउनु भएको योगदान यहाँ स्मरणयोग्य छ ।

पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन हार्दिक अपील गर्दछ ।

……………………..
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Loading...

Related News

प्रचण्डद्वारा भ्रामक समाचारकाे खण्डन, वक्तव्य नै आधिकारीक : सचिवालय

काठमाडौं, १८ माघ । नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भेनेजुयलाको राजनीतिक संकटबारे लेखेको बक्तव्य आधिकारीक भएको…

कर्मचारी समायोजनको विषय सबैभन्दा संवेदनशील : प्रचण्ड

काठमाडौं, १५ पुस । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारी समायोजनको विषय नयाँ संविधान आएपछिको सबैभन्दा संवेदनशील विषय…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी