प्रदेश ४ : श्रोतमा धनी तर विकासमा पछाडि ! कसरी होला विकास

150 Hits

जीवन बस्नेत
काठमाडौं, बैसाख
नेपालका संघिय संरचना अनुसारको प्रदेश नं ४ प्राकृतिक श्रोतले हराभरा छ । जलश्रोत र जंगल तथा मैदान र समथर भुभागले समेत धनी यो प्रदेश विकासमा भने निकै पछाडि परेको छ । यस प्रदेशको कुल सडक लम्बाइ १० हजार ८८० किलोमिटर रहेको छ । तर, त्यति लामो सञ्जाल भए पनि कुल सडकमध्ये २ हजार ५४० किलोमिटर सडकमा मात्र बाह्रै महिना सवारी साधन गुडाउन सकिन्छ । अन्य सडकमा केही महिनामात्रै गाडि चल्न सक्छन् ।

कस्तो छ त प्रदेश नं ४ को समग्र अवस्था एक पटक अध्ययन गरौं ।
खानेपानी – प्रदेश नम्बर ४ मा रहेका कुल ५ लाख ७७ हजार ६८२ वटा घरधुरीमध्ये ४ लाख ६२ हजार २७७ घरधुरीले पाइपबाट आएको पानीलाई खानेपानीको मुख्य स्रोतको रूपमा प्रयोग गरिरहेका छन् । त्यस्तै, १३ हजार १०४ घरधुरीले ट्युबेल वा ह्यान्डपम्प प्रयोग गर्छन् ।

त्यस्तै, १७ हजार ८१ र २८ हजार ९५९ घरघुरीले क्रमशः व्यवस्थित गरिएको कुवा र अव्यवस्थित कुवाको पानी प्रयोग गर्छन् । मुहानबाट सोझै प्रयोग गर्ने घरधुरी ४६ हजार ७८६ र अन्य २ हजार ९८८ घरधुरी छन् । यसबाहेक २ हजार २१५ घरधुरीको भने खानेपानीको मुख्य स्रोत उल्लेख छैन ।

उज्यालोको स्रोत – प्रदेश नम्बर ४ का कुल ५ लाख ७७ हजार ६८२ घरधुरीमध्ये ४ लाख ७६ हजार ८४१ घरधुरीले उज्यालोका लागि विद्युत्को प्रयोग गर्ने गरेका छन् । त्यस्तै, ५७ हजार ४०४ घरधुरीले मट्टीतेल, १ हजार २३३ घरधुरीले बायो ग्यास र २९ हजार १२४ घरघुरीले सौर्यऊर्जाको प्रयोग गर्ने गरेका छन् । अन्य स्रोतको प्रयोग १० हजार ७६७ घरधुरी र २ हजार ३१३ घरधुरीले उज्यालोको स्रोत उल्लेख गरेका छैनन् ।

चर्पीको अवस्था- प्रदेश नम्बर ४ का कुल घरधुरी ९५ लाख ७७ हजार ६८२० मध्ये ८३ हजार ८४२ घरधुरीमा अझै चर्पी छैन । त्यस्तै, २ हजार २६० घरधुरीले चर्पीको अवस्थाबारे उल्लेख गरेका छैनन् । त्यसबाहेक ३ लाख ६९ हजार ७०७ घरधुरीमा फ्लस चर्पी र १ लाख २१ हजार ८७३ घरधुरीमा सामान्य चर्पी छ ।

जनसंख्याको आधारमा औसत घरधुरी स् प्रदेश नम्बर ४ को कुल २४ लाख ३ हजार ७५७ जनसंख्यालाई उक्त प्रदेशमा रहेका घरधुरीअनुसार बराबर बाँड्ने हो भने प्रत्येक घरमा चारजना मानिस बसोवास गर्छन् । त्यस्तै, प्रदेश नम्बर ४ मा १ सय महिलाको अनुपातमा ८३ जना पुरुष छन् । यो अन्य सबै प्रदेशको तुलनामा उच्च हो ।

जात र जनजाति संख्या – प्रदेश नम्बर ४ मा मुख्यतः ८७ प्रकारका जात र जनजातिको बसोवास छ । त्यसबाहेक दलित अन्य, तराई अन्य र नखुलेका अन्य पनि यो प्रदेशमा बस्छन् । यिनको संख्या १२ हजार ४ सय छ । त्यसबाहेक ५ सय १८ जना विदेशी छन् ।

यस प्रदेशमा बसोवास गर्नेमध्ये बाहुन सबैभन्दा धेरै ५ लाख १५ हजार ९७७ र मगर दोस्रो स्थानमा छ । मगरको जनसंख्या ४ लाख ५४ हजार ९३१ छ । त्यस्तै, क्षेत्री ३ लाख २१ हजार ५१७ र गुरुङ २ लाख ७४ हजार ३८५ छन् । त्यसपछि कामीको संख्या २ लाख ९ हजार १३२ रहेको छ ।

अपांगताको अवस्था – प्रदेश नम्बर ४ मा कुल जनसंख्या ९२४ लाख ३ हजार ७५७० मध्ये २३ लाख ४८ हजार ७४१ जना सांग छन् । तर, ५५ हजार १६ जनामा शारीरिक, दृष्टिविहीन, बोल्नमा समस्या, मानसिक आपंगतालगायत समस्या छन् । अपांग हुनेमा महिलाभन्दा पुरुष धेरै छन् ।

साक्षरता – प्रदेश नम्बर ४ मा ५ वर्षभन्दा माथिको जनसंख्या २१ लाख ९७ हजार ४७ जना रहेको छ । प्रदेश नम्बर ४ को समग्र साक्षरता दर ७४ दशमलव ८५ रहेको छ । यो दर प्रदेश नम्बर ३ पछि सबैभन्दा उच्च हो ।

त्यसमध्ये पुरुष साक्षरता दर ८३ दशमलव ५४ छ भने महिला साक्षरता दर ६७ दशमलव ७२ छ । प्रदेशमा ५ वर्षमाथिका पुरुष ९ लाख ८४ हजार १३१ र महिला १२ लाख १२ हजार ९१६ रहेको छ । बाँकी १ हजार ३०७ जनाको भने अवस्था थाहा छैन । साक्षरमध्ये पनि १६ लाख ४३ हजार ५०६ जना मात्र पढ्न र लेख्न सक्नेछन् ।

जमिनको प्रयोग र किसान- प्रदेशमा कुल ४ लाख १३ हजार ३०० कृषक घर–परिवार रहेका छन् । उनीहरूसँग ८४ हजार २८६ हेक्टर जमिन सिँचित गर्न सकिनेछ भने १ लाख २५ हजार ५१२ हेक्टर जमिन सुक्खा छ । कुल जमिन २ लाख ९ हजार ७९८ हेक्टर रहेको छ ।

यस प्रदेशमा १४ लाख ४५ हजार ४९३ कित्ता संख्या रहेको छ । प्रदेश नम्बर ४ मा कृषि जमिनमध्ये ५३ हजार ९२२ हेक्टर जमिनमा अन्नबालीका लागि प्रयोग गरिएको छ । त्यस्तै, चरण क्षेत्रको रूपमा ६ हजार ८ हेक्टर जमिन छ भने वन क्षेत्रको रूपमा ८ हजार ९४९ हेक्टर र तालतलैयाका रूपमा ६० हेक्टर जमिन रहेको छ । अन्य प्रयोजनका लागि १० हजार ५५४ हेक्टर जमिन प्रयोग भइरहेको छ ।

जलविद्युत् – ७ प्रदेशमध्ये प्रदेश नम्बर ४ जलविद्युत् उत्पादनमा सबभन्दा अगाडि छ । प्रदेशस्तरमा तुलना गर्दा यो प्रदेशमा सबैभन्दा बढी ४ सय ७६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यस्तै, करिब ४ दर्जन जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

ऊर्जा मन्त्रालय र जल तथा ऊर्जा आयोगको नदी बेसिन र जलाशययुक्त आयोजनासम्बन्धी प्रतिवेदनअनुसार प्रदेश नम्बर ४ को जलविद्युत् क्षमता १० हजार २ सय २८ मेगावाट रहेको छ । त्यस्तै, प्रदेशको जलाशययुक्त क्षमता ८ हजार ८ सय ५८ मेगावाट रहेको छ ।

प्रदेशका ठूला जलविद्युत् आयोजना – 

बुढिगण्डकी जलविद्युत् आयोजना – गोरखा र घादिङको सिमानामा बन्ने यो आयोजना प्रदेश ४ को सबैभन्दा ठूलो आयोजना हो । यस आयोजनाको क्षमता १ हजार २ सय मेगावाट छ भने लागत २ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ । आयोजना करिब ८ वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि नीतिगत अन्योलले प्रगति सुस्त छ । अहिलेसम्म मुआब्जाबापत केही रकम वितरण भइसकेको छ ।

बेगनास तालमा पम्प स्टोरेज आयोेजना- पोखरा–लेखनाथ महानगरपालिकामा रहेको बेगनास तालको यस आयोजनाको क्षमता १५० मेगावाट छ भने लागत १४ अर्ब रुपैयाँ अनुमान गरिएको छ । अहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले तालबाट विद्युत् निकाल्न अध्ययन गरिरहेको छ । प्रारम्भिक अध्ययनअनुसार ३ सय मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने देखिएको छ ।

तनहुँ जलविद्युत् – तनहुँमा निर्माण हुन लागेको १४० मेगावाटको यो आयोजनाको लागत ५० अर्ब रुपैया“ छ । यो आयोजना सन् २०१८ मार्चदेखि निर्माण सुरु गरेर सन् २०२३ मा सम्पन्न गर्ने योजना छ । अहिलेसम्म दोस्रो चरणको मुआब्जा वितरण सम्पन्न भइसकेको छ ।

सुपर दोर्दी–ख जलविद्युत् आयोजना – पूर्वी लमजुङस्थित दोर्दीखोला करिडोरमा स्वदेशी लगानीमा निर्माणाधीन यो आयोजनाको क्षमता ५४ मेगावाट छ । ८ अर्ब २९ करोड रुपैयाँ लागत रहेको यो आयोजना २०७२ देखि थालेर २०७७ असारमा सम्पन्न गर्ने लक्ष्य छ ।

अहिलेसम्म पूर्वाधारतर्फ ८० प्रतिशत र मुख्य सुरुङमार्गतर्फ १५ प्रतिशत काम सम्पन्न भइसकेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रघुगंगा जलविद्युत् आयोजनाका काम केही दिनमै सुरु हुँदै छ । यो आयोजना आगामी ४५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । ४० मेगावाट क्षमताको यस आयोजनाकोे लागत ६ अर्ब रुपैयाँ रहेको छ ।

१५.१ मेगावाटको मध्यमोदी जलविद्युत् आयोजना –चौधरी गु्रप र भारतको कोस्टर कम्पनीको संयुक्त लगानीमा पर्वतमा निर्माणाधीन छ । त्यस्तै, तल्लो मोदीखोला जलविद्युत् आयोजना पर्वतकै परादीमा स्वदेशी लगानीमा निर्माणाधीन छ । यसको क्षमता २० मेगावाट र लागत ३ अर्ब ६० करोड रुपैयाँ छ । यसबाहेक कालिगण्डकी प्रसारण करिडोर निर्माण भइरहेको छ । योे म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि उपयोगी हुनेछ ।

सडक पहुँच – प्रदेश नम्बर ४ मा कुल सडक लम्बाइ १० हजार ८८० किलोमिटर पुगेको छ । तर, त्यति लामो सञ्जाल भए पनि कुल सडकमध्ये २ हजार ५४० किलोमिटर सडकमा मात्र बाह्रै महिना सवारी साधन गुडाउन सकिन्छ । बाँकी ८ हजार ३४० किलोमिटर सडकमा केही महिना मात्र सवारी गुडाउन सकिने अवस्था छ ।

प्रदेशका ११ जिल्लामा रणनीतिक र स्थानीय सडक गरी औसतमा भाग लगाउँदा प्रत्येक जिल्लालाई करिब १ हजार किलोमिटर सडक परे पनि सडक सञ्जाल विस्तार भने असमान छ । हिमालपारिका जिल्ला भनेर चिनिने मनाङमा कुल सडक ८१ किलोमिटर मात्र छ भने मुस्ताङमा ३३५ किलोमिटर सडक सञ्जाल छ ।

मनाङमा कालोपत्रे सडक छैन-  सबैभन्दा चाखलाग्दो विषय त अझैसम्म पनि मनाङमा कालोपत्रे सडक छैन । त्यस्तै, झन्डै प्रदेशभरिको बाह्रै महिना सवारी गुडाउन सकिने सडकमध्ये आधा ९१२३४ किलोमिटर० नवलपरासी ९प्रदेश ४ र ५ दुवै० मा रहेको छ ।

प्रदेशका जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै २ हजार २०० किलोमिटर सडक सञ्जाल छ भने सबैभन्दा कम मनाङमा ८१ किलोमिटर मात्र रहेको छ ।

प्रदेश नम्बर ४ मा सडक
कुल सडक लम्बाइ -१०८८० किलोमिटर, रणनीतिक सडक- १६३२ किलोमिटर, स्थानीय सडक स् ९२४८ किलोमिटर,

सडकको किसिम
कालोपत्रे सडक – ११८५ किलोमिटर, ग्राभेल – १५६८ किलोमिटर, माटे सडक – ८१२७ किलोमिटर

सडकको प्रयोग
बाह्रमासे सडक स् २५४० किलोमिटर, मौसमी सडक -८३४० किलोमिटर, निर्माणाधीन सडक -४०३ किलोमिटर

पर्यटन विकास –प्रदेश नम्बर ४ विकासको सम्भावनाको एक महत्वपूर्ण क्षेत्र पर्यटन हो । एकैदिन २२ हजारजनालाई आतिथ्य दिनसक्ने पोखराको क्षमता छ । त्यसबाहेक लमजुङ, गोरखा, म्याग्दी जिल्लामा होमस्टे पनि उत्तिकै प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् ।

प्रकृति र सांस्कृतिक रूपले यो प्रदेश निकै सम्पन्न छ । हिमाल, ताल, गुफा, नदी, जातजाति र सांस्कृतिक विविधता यस क्षेत्रको मुख्य पर्यटकीय आधार रहेको पर्यटन व्यवसायीको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरत पराजुलीका अनुसार प्रत्येक वर्ष पोखरामा मात्र ४० वटा होटल थप हुने गरेका छन् । यसअनुसार औसतमा वार्षिक १ हजार ४८० वटा बेड थप हुन्छन् । पोखरा र यसआसपासमा भएका सबै होटल पूर्वाधारमा कति लगानी भएको छ भन्ने यकिन तथ्यांक नभए पनि १ खर्ब ५० करोड रुपैयाँबराबर लगानी भइसकेको व्यवसायीहरू बताउँछन् ।

वार्षिक ८ लाख पर्यटक घुम्छन् पोखरा स् प्रदेश नम्बर ४ मा ३ लाख विदेशी पर्यटक आउँछन् भने आन्तरिक र भारतीय गरी ५ लाख पर्यटक आउने गरेका छन् । पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाका अनुसार पोखरामा नेपालीसमेत घुम्न आउने संस्कृति बढेको छ । राजधानी काठमाडौं ओर्लने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने गरेका छन् ।

कुन स्तरका होटल कति –
५ तारे होटल संख्या २ मध्ये होटल ग्रान्ड र फुलबारी रिसोर्ट (हाल बन्द), ३ तारे होटल १४ वटा, २ तारे र १ तारे ४० वटा

औद्योगिक क्षेत्रको अवस्था- प्रदेश नम्बर ४ मा एक मात्र पोखरा औद्योगिक क्षेत्र कास्कीमा रहेको छ । ०३१ मा स्थापना भएको उक्त औद्योगिक क्षेत्रको निर्माण नेपाल आफैँले गरेको हो । अहिले ६९ वटा उद्योग सञ्चालनमा रहेका छन् । त्यस्तै, ५ वटा उद्योग निर्माण भइरहेका छन् ।

त्यस्तै, अहिलेसम्म ६ वटा उद्योग बन्द भएका छन् । उक्त औद्योगिक क्षेत्रमा सरकारी लगानी ३ करोड ७६ लाख रुपैयाँ छ भने निजी क्षेत्रको लगानी २ अर्ब ४६ करोड रुपैयाँ छ । पोखरा औद्योगिक क्षेत्रमा कुल २ सय ४९ करोड ७६ लाख रुपैयाँ लगानी छ । औद्योगिक क्षेत्रले ५०१ रोपनी जग्गा अर्चेको छ भने २ हजार २९८ जनाले रोजगार पाएका छन् ।

स्वास्थ्य अवस्था – प्रदेश नम्बर ४ का ११ जिल्लामा कार्यरत विशेषज्ञ डाक्टर, डाक्टर, स्टाफनर्स, हेल्थ असिस्टेन्ट, अहेव र अनमीको दरबन्दी ३२५१ रहेको छ । प्रदेशभरमा कुल ३४ जना विशेषज्ञ डाक्टरमध्ये ४४ प्रतिशत दरबन्दी रिक्त छ ।

प्रदेशभरको स्वास्थ्य सेवाको वितरण पनि समान छैन । तनहँुमा तोकिएको दरबन्दीभन्दा धेरै स्वास्थ्यकर्मी कार्यरत छन् । अन्य जिल्लामा भने केही न केही संख्या रिक्त रहेको देखिएको छ ।

किसानको शिक्षा तह – प्रदेश नम्बर ४ मा कृषि घरधुरी मुलीको संख्या ४ लाख १३ हजार ३०० रहेको छ । त्यसमध्ये २ लाख ६६ हजार ९४६ पुरुष र १ लाख ४६ हजार ३५४ महिला छन् । ५ कक्षासम्म अध्ययन गरेका किसान पुरुष ४३ हजार ४५८ र महिला १६ हजार ६७३ छन् ।

त्यस्तै, १० कक्षासम्म अध्ययन गरेका पुरुष ५५ हजार ८७६ र महिला २६ हजार १६२ छन् । एसएलसी गरेका पुरुष १४ हजार ८०७ र महिला ४ हजार ६८८ छन् । त्यस्तै, प्लस टु सम्म अध्ययन गरेका पुरुष ६ हजार ७९९ र महिला २ हजार ३०६ छन् ।

स्नातक अध्ययन गरेका पुरुष ३ हजार ३४८ र महिला ४२२ छन् भने स्नातकोत्तर गरेका पुरुष १ हजार ५३६ र महिला ३५ जना रहेका छन् । यसबाहेक व्यावसायिक डिग्री गरेका पुरुष २०१ र महिला २९ छन् । शिक्षित मात्र भएका पुरुष ७६ हजार ९०६ र महिला ४२ हजार ७९७ छन् । अशिक्षित कृषक घरधुरी मुलीको संख्या भने ६४ हजार १३ र महिला ५३ हजार २४१ छन् ।

जनसंख्या स् प्रदेश ४ मा कुल जनसंख्या २४ लाख ३ हजार ७५७ रहेको छ । जसमध्ये महिलाको संख्या १३ लाख १२ हजार ९४९ र पुरुषको संख्या १० लाख ९० हजार ८०८ रहेको छ । यस प्रदेशको एकमात्र पोखरा लेखनाथ महानगर क्षेत्रफलको हिसाबले देशकै सबभन्दा ठूलो महामनगरपालिका हो ।

जहाँ ४ लाख २ हजार ९९५ बसोबास गर्छन् । त्यस्तै, नगरपालिकामा बस्ने जनसंख्या १० लाख ४२ हजार ११ जना र गाउपालिकामा बसोबास गर्नेको संख्या ९ लाख ३२ हजार ३४८ जना रहेका छन् । संस्थागत रुपमा बसोबास गर्नेको संख्या २६ हजार ४०३ रहेको छ ।

प्रदेश नम्बर ४ मा कुल ५ लाख ७७ हजार ६८२ घरधुरी रहेका छन् । त्यसमध्ये महानगरमा १ लाख ५ हजार ६३० वटा, नगरपालिकामा २ लाख ५५ हजार ६२२ र गाउपालिकामा २ लाख १६ हजार ४३० वटा घरधुरी रहेका छन् । त्यसबाहेक संस्थागत घरधुरी संख्या पनि ५३७ रहेको छ । -नयाँ पत्रिकाबाट

Loading...

Related News

ऊर्जामा १ खर्ब ५ अर्ब रुपैयाँ अमेरिकी लगानी प्रस्ताव

काठमाडौं, ३० चैत – एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम…

यातायातमा तोडियो सिण्डीकेट, देशभर जहाँ पनि परमिट दिने

काठमाडौं, २४ चैत- विधि पुर्‍याएर रूट परमिट माग्न आए देशभर जहाँ पनि परमिट दिने यातायात व्यवस्था विभागले जनाएको छ। सरकारले…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी