प्रतिपक्षी दललाई प्रचण्डको अपिल : समृद्धिको यात्राका लागि राष्ट्रिय एकता

171 Hits

काठमाडौं, २ बैसाख-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको यात्राका लागि राष्ट्रिय एकतालाई केन्द्रमा राखेर लाग्न प्रतिपक्षी दललाई आह्वान गरेका छन् ।

बाग्लुङको ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङ्गमा आयोजित ढोरपाटन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ‘एकता नबनेको भए न १२ बुँदे समझदारी, न शान्ति सम्झौता हुन्थ्यो, न त संविधान, सङ्घीय गणतन्त्र, ३ तहको सरकार, विकासको निम्ति राष्ट्रिय सङ्कल्प नै हुने थियो’ उनले भने ‘हामी अहिलेपनि विकासको एजेन्डामा, निर्माणमा, समृद्धिमा, स्थायीत्वमा कोही सत्तापक्ष र प्रतिपक्ष होईनौँ । हामी राष्ट्रिय एकतालाई केन्द्रमा राखेर विकासको काममा हातेमालो गर्न सत्तापक्ष वा वामगठबन्धन त्यसको लागि सहकार्य गर्न तयार छ ।’

नेपाली जनता ६० वर्षदेखि राजनीतिक अराजकताको चपेटामा परेकोले विकासका काममा पछाडि परेको भन्दै अध्यक्ष प्रचण्डले नयाँ संविधान बनेपछि त्यो स्थितिको अन्त्य भएको बताए । ‘एउटा सरकारले अगाडी सारेका कामहरू अर्को सरकारले आएर भत्काईदिने र अर्को नयाँ योजना अगाडी सार्दा नेपाली जनता जहिले पनि अन्योलमा जहिले पनि भ्रममा रहनुपर्ने बडो बिचित्रको विडम्बना पनि हामीले भोग्यौँ’, उनले भने, ‘नेपालको इतिहासमा यी सबै चुनैतिहरुलाई पार गर्दै नयाँ राष्ट्रिय एकता कायम गर्ने र नयाँ वातावरण निर्माण गर्ने सङ्घीयताको, गणतन्त्रको, समावेशिताको, समानुपातिकताको, विकासका लागि शिक्षालाई, स्वास्थ्यलाई,रोजगारीलाई मौलिक अधिकारको रूपमा व्याख्या गरेको संविधान निर्माण गरेका छौँ, यसले धनी र गरिबको बिचको दुरी घटाउने कुरा गरेको छ । ’

एक दशकभित्र समृद्ध नेपाल निर्माणको सङ्कल्प गर्न सबैलाई आह्वान गरेका छन् । उनले समृद्धिको यात्राका लागि राष्ट्रिय एकताको खाँचो भएको उल्लेख गरेका छन् ।

निजी, सार्वजनिक र सहकारीको सहकार्यमा तीव्र आर्थिक विकास गर्ने सङ्कल्प गर्न आह्वान गरेका हुन् । ‘विकासको निम्ति निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यबिना तीव्र आर्थिक विकास हुन सक्दैन । त्यस कारण निजी क्षेत्रसँग सहकार्य गर्ने प्रक्रियामा पनि एउटा नयाँ मोडल विकास गर्न चाहेका छौँ’ उनले भने, ‘निजी सार्वजनिक र सहकारीको सहकार्यबाट हामी आउने एक दशक भित्र नयाँ र समृद्ध नेपाल निर्माण गरिछाड्ने सङ्ककल्प गरौँ, म सबैलाई आह्वान गर्न चाहन्छु ।’

 

अध्यक्ष प्रचण्डले २०७५ साल विदेशमा रहेका नेपाली युवाहरू देशभित्रै फर्कने शुरुवाती वर्षको रूपमा हेर्न पनि अपिल गरे । ‘देशबाहिर रहेका सम्पूर्ण नेपालीलाई अव नेपालभित्रै रोजगारी सृष्टि गर्ने र आर्थिक विकासका गति प्रदान अभियान चलेको छ’ उनले भने ‘यो नयाँ वर्ष नेपाली युवाहरू देशभित्रै फर्कने वर्षको रूपमा हेर्नका लागि अपिल गर्दछु ।’

Loading...

Related News

party unification will conclude soon : Prachanda

Myagdi, 15 Nov- Chairperson of the Communist Party of Nepal, Pushpa Kamal Dahal ‘Prachanda’ has said that party unification would…

प्रचण्डद्धारा म्याग्दीमा विभिन्न स्थलको अवलोकन, म्याग्दीवासी खुशी

काठमाडौं । सोमबार म्याग्दी पुग्नुभएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आज बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गर्नुभएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी