विराटनगर पुगेर झलनाथ खनालले भने -‘पार्टी एकता समानताको आधारमै हुन्छ’

170 Hits

विराटनगर, २ बैसाख
एमाले नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खानलले एमाले र माओवदाी बीच हुन लागेको पार्टी एकता समानताकै आधारमा हुने बताएका छन् ।
माओवादी र एमालेबीच बैसाख ९ गते एकीकरणको तयारी भइरहेका बेला एकतामा समानता नभई एकता गर्न नहुने माओवादी नेताहरुले बताउँदै आएका थिए । एमालेका अन्य नेताहरुले माओवादीलाइ समान हैसियत र संख्या दिन नहुने अभिव्यत्ति दिंदै आएका थिए ।
नेकपा एमालेका नेता झलनाथ खनालले एमाले–माओवादी एकता प्रतिशतका आधारमा नभई समानताको आधारमा हुने भन्दै एकतालाई कसैले रोक्न नस्कने दाबी गरेका छन ।

शनिबार विराटनगर विमानस्थालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै नेता खनालले समानताको आधारमा पार्टी एकता हुने कुरामा एमाले–माओवादीबीच सहमति भइसकेको बताए । जनयुद्ध शब्द राख्नु पर्ने माओवादी अडानबारे पत्रकारको प्रश्नमा माओवादीले १० वर्ष जनयुद्ध गरेकै हो भन्दै यसमा के भन्न नपर्ने बताए । उनले पार्टी एकतामा कुनै विवाद नभएको दाबी गरे ।

‘उहाँहरुले १० वर्ष जनयुद्ध गरेकै हो, यसमा के भन्न पर्छ र ।’नेता खनालले भने, ‘९ वैशाख मा होस या १८ मा, अब पार्टी एकीकरण हुन्छ, हुन्छ । दुई पार्टीको एकतालाई यो धर्तीको कुनैपनि तागतले रोक्न सक्दैन ।’

पार्टी एकीकरणका लागि राजनीतिक प्रतिवेदन र संगठनसम्वन्धी अन्तिरिम विधान तयार भइसकेको नेता खनालले दुई दलको वैठक वसेर एकता प्रक्रिया टुङ्ग्याउन सकिने बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी