माओवादी अध्यक्ष प्रचण्डले गरे नयाँ वर्षमा यस्तो विशेष अपील

297 Hits

काठमाडौं १ वैशाख –
नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षको अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र निरन्तर प्रगतिको कामना गर्नुभएको छ ।
नयाँ वर्ष २०७५ सालको उपलक्ष्यमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न सबैलाई विशेष अपील गर्नुभएको छ ।
‘नयाँवर्ष वि.सं. २०७५ सालको सुखद् उपलक्ष्यमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ अध्यक्ष प्रचण्डले भन्नुभएको छ ‘यस सुखद् अवसरमा २०७४ सालले हामीलाई दिएको स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न म सबै नेपालीहरुमा विशेष अपील गर्दछु ।’
नयाँ संविधान कार्यान्वयन, राजनीतिक संक्रमणको अन्त्य गरी स्थिरता, विकास र समृद्धि हासिल गर्न २०७४ सालले आधार र उर्जा प्रदान गरेको भन्दै अध्यक्ष प्रचण्डले नेपाली इतिहासमा वि.सं. २०७४ साल अविस्मरणीय रहेको पनि बताउनुभएको छ । ‘मुलूकमा संघीय प्रणालीको व्यवहारिक अभ्याससहित स्थानीयतह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न हुनु नेपाल र नेपालीका लागि गौरवको कुरा हो’ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
अध्यक्षप्रचण्डले अगाडीभन्नुभएको छ– ‘समाजवादउन्मूख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघिबढ्नु अहिलेको हाम्रो कार्यभार हो, यस अवसरमा स्थिरता, शुसासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन आम नेपाली जनसमुदायसँग हार्दिक आव्हान गर्दै पुनःएक पटक नयाँ वर्ष २०७५ सालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी