सरकारी वकिलले नै दिए मनाङेलाई उन्मुक्ति, पुनरावेदनको म्याद गुज्रीयो

112 Hits

काठमाडौं, ३० चैत
गुण्डा नाइके भनेर चिनिने दिपक मनाङेलाई सरकारी वकिलले लापरवाही गर्दा उन्मुक्ति मिलेको छ । मनाङबाट प्रदेश नं ४ का लागि सांसद बनेका राजीव गुरुङलाई सम्पत्ति सुद्धिकरण सम्वन्धी मुद्धामा विशेष अदालतबाट सफाई दिएको दिएको उक्त सफाईको विरुद्ध पुनरावेदन गर्नुपर्नेमा सरकारी वकिलले नै म्याद गुजारेका कारण पुनरावेदन हुन नसकेपछि उनले उन्मुक्ति पाएका हुन् ।

सरकारी वकिलले लापरबाही गर्दा दीपक मनाङे भनिने राजीव गुरुङको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पुनरावेदन गर्ने म्याद सकिएको छ । सरकारी वकिलले समयभित्र पुनरावेदन नगरेपछि मनाङेको सम्पत्ति शुद्धीकरणसम्बन्धी विशेष अदालतको फैसला नै अन्तिम भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषबाट उनले सफाइ पाएका छन् ।
सरकारवादी हुने मुद्दाको प्रतिरक्षा र पुनरावेदन पनि सरकारी वकिलले नै गर्ने व्यवस्था छ । तर, मनाङेको मुद्दामा सरकारी वकिलले हदम्याद गुजारेर सर्वोच्चमा पुनरावेदन गर्न गएपछि अदालतले मुद्दाको दर्ता नै अस्वीकार गरेको छ । विशेष अदालत ऐनअनुसार विशेषले गरेका फैसला चित्त नबुझ्ने पक्षले नियमित समय ३५ दिन र विशेष कारण भएमा १५ दिन म्याद थामेर मुद्दा दर्ता गर्न मिल्ने व्यवस्था छ । तर, मनाङेको मुद्दा ६१औँ दिनमा मात्र पुनरावेदनका लागि सर्वोच्चमा पेस भएको थियो ।
सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले हदम्याद गुजारेका कारण पुनरावेदन दर्ता नभएको बताउनुभयो । पन्थीले भन्नुभयो, “विशेष अदालत ऐनअनुसार थाम्न पाउने समयसहित ५० दिनभित्र पुनरावेदन दर्ता भइसक्नु पथ्र्यो । तर, मुद्दा ६१औँ दिनका दिन पेस भएका कारण हदम्यादका कारण दर्ता नभएको हो । ”
मुद्दा पुनरावेदनको जिम्मा पाएको महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार तत्कालीन महान्यायाधिवक्ता वसन्तराम भण्डारीको कार्यकालमै पुनरावेदनमा जाने निर्णय भएको थियो । फौजदारी मुद्दा फाँटलाई जिम्मा लगाइएको उक्त मुद्दा दर्ताका लागि व्यक्ति भने तोकिएको थिएन । पुनरावेदनको म्याद नै गुजारेपछि महान्यायाधिवक्ता कार्यालय यस विषयमा मौन छ ।
विशेष अदालतले मनाङेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गत भदौ ४ गते फैसला गरेको थियो । विशेषले मनाङेलाई भूतप्रभावी कानुनअनुसार सजाय गर्न नमिल्ने भन्दै सफाइ दिएको थियो ।

Related News

सुन तस्करीका अभियुक्त एसएसपी खत्रीले पनि गरे आत्मसमर्पण, बच्ने दाउ की कारवाहीको डर ?

काठमाडौं, १७ जेठ । साढे ३३ किलो सुन तस्करीका अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले अदालतसामू आत्मसमर्पण गरेका छन्…

गृह मन्त्रालय कामचोर ठेकेदारको लिष्ट तयार गर्दै, चितवनले पठायो ३८ ठेकेदारको नाम

काठमाडौं, १४ जेठ । गृह मन्त्रालयले काम चोर ठेकेदारको लिष्ट तयार पार्दैछ । गृहमन्त्री राम बहादूर थापा बादलले काम चोर…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी