प्रधानमन्त्री ओलीको चीन भ्रमणको गृहकार्य, परराष्ट्रमन्त्री चीन जाँदै

102 Hits

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ ।

भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जाँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीको आगामी सोमबार चीन जाने तयारी छ ।

दुवै मुलुकबीच विगतमा भएका सहमति सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्रयासको समीक्षा गर्न र उच्चस्तरीय भ्रमणको तयारीका लागि उनी बेइजिङ जाने तयारीमा जुटेका हुन् ।

चिनीयाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणको तयारीमा जुटेका हुन् ।- नेपाल समाचारपत्र

 

Related News

ऊर्जामा १ खर्ब ५ अर्ब रुपैयाँ अमेरिकी लगानी प्रस्ताव

काठमाडौं, ३० चैत – एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम…

प्रधानमन्त्रीले किन बोलाए राजदूतहरुलाई वालुवाटारमा ?

काठमाडौं, १३ चैत । युरोपियन युनियनको प्रतिवेदनलाई लिएर सरकार र विदेशी कुटनीतिक नियोगसँगको सम्वन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला प्रधानमन्त्री…

Comments are closed