जुम्लाका निजी औषधि पसलमा लागुपदार्थ किनबेच

79 Hits

जुम्ला – जिल्लाका निजी औषधि पसलले लुकिछिपी लागुपदार्थ बेच्ने गरेको पाइएको छ ।

दुव्र्यसनीमा फसेका धेरै समूहले बाहिरी जिल्लाबाट लागुपदार्थ झिकाएर उपभोग गर्ने गरेको बताइए पनि पछिल्लो समय जिल्लाभित्रकै मेडिकलबाट लागुऔषध किनबेच हुने गरेको छ ।

मेडिकलहरूले अफिम, कोकिन, हिरोइन तथा ब्राउन सुगरजस्ता प्राणघातक लागुपदार्थ बेच्ने गरेको जुम्लाका डीएसपी डा. तपनकुमार दाहालको भनाइ छ ।

तथ्य प्रमाण भेटिए किनबेच गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने दाहालको भनाइ छ । मेडिकल सञ्चालक तथा लागुपदार्थ प्रयोगकर्ताबीचको मिलेमतोमा लागुऔषध कारोबार हुँदा अनुसन्धान गर्न समस्या भएको उनले बताए ।

‘लागुऔषध दुव्यवसनमा संलग्नबारे प्रहरी अनुसन्धान जारी छ। यो अपरेसन प्रहरी एक्लैले गरेर सम्भव छैन । युवालाई दुर्व्यसनबाट टाढा राख्ने वातावरण बनाउनु सबै निकायको दायित्व हो’, दाहालले भने, ‘प्रहरी नियन्त्रणमा रहेकालाई कानुनअनुसार जरिवाना तथा कैद सजाय हुन्छ।’दुव्र्यसनमा फसेका युवालाई यसबाट टाढा राख्ने वातावरण बनाउन सबै निकायको दायित्व हुने दाहालले बताए । –अन्नपूर्ण पोस्ट

 

Related News

अस्पतालमा बिरामीको चाप अत्यधिक, औषधि छँदै छैन

काठमाडौं, १० बैसाख- अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक…

Health and education are fundamental rights of people : Prachanda

  Kathmandu, 22 april- CPN Maoist Centre Chairman and former Prime Minister Pushpa Kamal Dahal has asserted health and education…

Comments are closed