मेलम्ची सुरुङको ब्रेक थ्रु सम्पन्न । दशैंमा आउला त काठमाडौंमा पानी ?

132 Hits

काठमाडौं, २९ चैत ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङको ब्रेक थ्रु भएको छ । आयोजनाको अन्तिम खण्ड सिन्धु–ग्यालथुङको विहिवार औपचारिक ब्रेक थ्रु भएको हो । ब्रेक थ्रुसँगै सुरुङ खन्ने काम सकिएको छ ।

उपराष्ट्रपति नन्दकिशोर पुनले सुरुङको औपचारिक ब्रेक थ्रु गरेका हुन् । मेलम्ची खानेपानी आयोजनाको सकिएसँगै बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले रिबन काटेर आयोजनाको सुरुङको ब्रेकथ्रु भएको घोषणा गरेका थिए ।

खानेपानीमन्त्री विना मगरले आफू मन्त्री भएपछि २५ दिनमै सुरुङको काम सक्न निर्देशन दिएको स्मरण गराएकी थिइन् । उनले कामको प्रगति विवरण भइरहेको बताउँदै दशैँ अगावै काठमाडौंमा मेलम्चिको पानी पुग्ने बताइन् ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम ब्रेक थ्रू विशेष समारोहमा बोल्दै मन्त्री मगरले निर्धारित समयमा राजधानीमा पानी पुर्याउने काममा दिलाई भए त्यो आफूलार्इ सह्य नहुने उनले बताइन । ‘हामी सगरमाथा चढ्ने क्लाइमर हौं । र हामीले हिलारी स्टेप क्रस गरी सक्यौँ,’ उनले भनिन्, ‘हिलारी स्टेप क्रस गरेपछि त्यो क्लाइमरले अब सगरमाथा चढ्न सक्छ । र सगरमाथाको चुच्चो चुम्न सक्छ ।’

मेलम्ची खानेपानी आयोजनाको सुरुङको ब्रेक थ्रू भइसकेको समयमा अब काठमाडौंबासीको लामो समयदेखिको सपना पूरा हुने चरणमा पुगेको मन्त्री मगरले बताइन । सिन्धुपाल्चोकका जनताले काठमाडौंवासीको प्यास मेटाउन लागेको भन्दै मन्त्री मगरले धन्यवाद दिइन् ।

आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड कुल लागतमा बनेको सो आयोजनाबाट दसैँअघि नै उपत्यकामा दैनिक १७ करोड लिटर मेलम्चीको पानी आउने बताइएको छ ।
सुरुंगको ब्रेक थ्रु भएसँगै सुन्दरीजलमा पानी प्रशोधन र भण्डारण इकाइहरुमा पनि द्रुत गतिमा काम भइरहेको आयोजना प्रमूख रामचन्द्र देवकोटाको भनाई छ ।
सुरुंगको कार्य सम्पन्न भएसँगै काठमाडौबासीले दशै अगावै स्वच्छ खानेपानी पिउन पाउने सम्भावना बढेको छ ।

Loading...

Related News

अाज प्रकाश दाहाल स्मृति दिवस : यस्ता थिए प्रकाश (जिवनी)

काठमाडौं, ३ मंसिर – अाज २०७५ साल मंसिर ३ गते । अाजकै दिन अाफ्नाे अमुल्य जीवन गुमाउन बाध्य व्यक्तिहरूमध्ये प्रकाश…

बाहिरी चक्रपथमा पर्ने पुरै जग्गा रोक्का, कहाँ कहाँ परे ?

काठमाडौं, २ मंसीर- सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ निर्माण गर्न पूरै (६६.५८ किमी) खण्डमा जग्गा रोक्का गर्ने भएको छ। उपत्यका…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी