जेल सानो नेपाल हो, यातना गृह होइन सुधार गृह बनाउनेछु- गृहमन्त्री थापा

231 Hits

चितवन, २५ चैत – गृहमन्त्री रामबहादुर थापा बादलले जेल सानो नेपाल नै भएको बताएका छन् ।
गृहमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आइपुगेका उनले चितवन जिल्ला कारागारको अबलोकन गर्दै उत्त धारणा व्यक्त गरेका हुन् ।
चितवन जिल्ला कारागारको अबलोकन गर्दै उनले जेल सानो नेपाल भएको बताउँदै आफूले पनि ६ महिना यसै जेलमा जेलजीवन बिताएको बताए ।

आफ्नो छोटो जेल जीवनको स्मरण गर्दै माओवादी नेता समेत रहेका गृहमन्त्री थापाले जेल भित्र र बाहिर समस्या भएको आफूले अनुभुति गरेको बताए । उनले जेलभित्र शोषण र अपराध नहोस् भनेर नयाा योजना निति बनाउन आफुहरु लागि परेको जानकारी दिए ।
जेल सानो नेपाल हो उनले भने बाहिर जो समस्या छ, जेलमा पनि, त्यो समस्या नै हुन्छ, अझ वढि त जेलमा हुन्छ ती समस्यालाई समाधान गर्ने नयाँ नीति नै ल्याउन लागिएको छ उनले थपे, सुधार गर्ने पद्धति बसाउन हामी लागेका छौँ ।’

जेलमा दुई थरिका कैद हुने गरेको भन्दै उनले कारागारलाई सरकार र राज्यले सुधार गरेर सभ्य नागरिक बनाउने तर्फ अग्रसर भएको बताए । उनले जेललाइ सुधार गृहको रुपमा परिवर्तन गर्ने आफ्नो योजना रहेको बताए । नयाँ सरकारले अपराधीलाई जेल कारागारमा आएर सोच चिन्तन बदल्ने सुधार गृहको रुपमा विकास गर्ने उनको भनाई थियो ।

Loading...

Related News

निर्मला हत्या प्रकरण : अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि छानविन हुने

काठमाडौैंं, २७ भदौ निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्धारा अभियुक्त बनाइएका दिलीपसिंह विष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि…

कसरी गरिन्छ महिलाको विक्री विदेशी बजारमा ?

काठमाडौं, ३० साउन । केही समयअघि एक महिला दुबइको डान्सबारमा नृत्यकलाकारका रूपमा जान त्रिभुवन विमानस्थल पुगिन् । उनको हातमा दुबइको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी