टुँडिखेलमा हुने पार्टी एकिकरणमा लाखौँको उपस्थिति हुन्छ : नेपाल

49 Hits

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बैशाख ९ गते नेकपा एमाले र माओवादीबीचको एकिकरण निश्चित भइसकेको बताएका छन् । शनिबार एमाले र माओवादी पर्वत-काठमाडौं सम्पर्कमञ्चले आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै नेपालले कम्युनिस्ट नेता लेनिनको जन्मदिन अर्थात अप्रिल २२ का दिन पारेर पार्टी एकीकरण गर्ने तयारीमा रहेको बताएका हुन् ।

नेपालले राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पार्टी एकीकरण संयोजन समितिलाई बुझाइसकेको बताए । ‘दुई पार्टी एकिकरणका लागि लगभग तयारी पूरा भएको छ। कुनै अफवाह र हल्लाका पछाडी नलाग्‍नुस ‘, उनले भने,-‘केही प्राविधिक विषय मात्रै मिल्न बाँकी हो।’

नेपालले वैशाख ९ गते दुई पार्टीका लाखौँ  नेता / कार्यकर्तालाई टुँडिखेलमा हुने एकिकरण कार्यक्रममा सहभागी हुन आह्वान गरे। पार्टीको एकीकरणको एेतिहासिक कार्यक्रम लाखौंको उपस्थितिका साथ टुँडिखेलमा हुँदैछ,’ उनले भने, ‘कुनै आशंका नगरी सबैलाई उपस्थित हुन आग्रह गर्दछु ।’

 

– नयाँ पत्रिका

Related News

एकै पटक ३० सचिवको सरुवा, को कहाँ ?

काठमाडौं : सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ३० जना सचिवको एकै पटक सरुवा गरेको छ । केपी ओली नेतृत्वको…

Comments are closed