सामाजिक परिचालक आमरण अनशनमा

94 Hits

काठमाडौं, २४ चैत-

संघीय संरचनाअनुसार व्यवस्थापन गर्नुपर्ने लगायतका मागसहित गत शनिबारदेखि आमरण अनशनमा बसेका महिला विकास कार्यालयअन्तर्गतका सामाजिक परिचालकले आफूहरूको मागप्रति सरकार संवेदनशील नरहेको आरोप लगाएका छन्। उनीहरूले लामो समयदेखि सेवामा रहेका परिचालकलाई स्थायी गर्नुपर्ने, अन्य कर्मचारीसरह निश्चित पद निर्धारण हुनुपर्ने माग गर्दै महिला विकास कार्यालय खारेज गर्ने सरकारी नीति कार्यान्वयन हुनुअघि नै माग पूरा हुनुपर्ने बताए।

आन्दोलनकी संयोजक कविता थापा सोडारीले आफूहरूको माग सम्बोधन गर्न महिला मन्त्रालयले चासो नलिएको गुनासो गरिन्। उनले माग सम्बोधन नहुँदासम्म अनशन जारी राख्ने बताइन्।

स्थायी हुनुपर्ने र अन्य कर्मचारीसरह प्रक्रिया पूरा गरेर नियुक्ति दिइएकाले उचित पद तथा सेवासुविधा दिनुपर्ने माग सामाजिक परिचालकहरूले २०६३ सालबाटै गर्दै आएका छन्। ‘त्यतिबेला सरकारले एसएलसी पास गरेका, विषयगत तालिम लिएकालाई लिखित र मौखिक परीक्षा लिएर नियुक्त गरेको थियो। तर, अहिलेसम्म उनीहरूको तलब मासिक पाँच हजारमा सीमित छ,’ सोडारीले भनिन्।

आमरण अनशनमा देशभरिका सामाजिक परिचालक सहभागी भइरहेका छन्। मुलुकमा ६ सयभन्दा बढी सामाजिक परिचालक रहेको तथ्यांक छ। पन्ध्र/सोह्र वर्षदेखि सामाजिक परिचालकहरू न्यूनतम पारिश्रमिकमा काम गरिरहेका छन्। सरकारले २०५७ सालदेखि सामाजिक परिचालकलाई काममा लगाएको थियो।- नागरिकबाट

Loading...

Related News

चौतारा नगरपालिकाको बजार अनुगमन, व्यवसायीलाई चार बुंदे निर्देशन

सिन्धुपाल्चोक, २१ असोज । सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाले नगर क्षेत्रभित्रका उद्योग तथा पसलहरुमा छापा हानेको छ । नगर उपप्रमूख जानुका…

नेकपा लमजुङ काठमाडौं सम्पर्क मञ्चको शुभकामना कार्यक्रम असोज २० मा

काठमाडौं, १९ असोज । सत्तारुढ नेकपा सम्वद्ध लमजुङ काठमाडौं सम्पर्क मञ्चले दशैको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी