लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छ- उपराष्ट्रपति पुन

99 Hits

काठमाडौं, २३ चैत
उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौँ राष्ट्रिय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक परिवर्तनमा सञ्चारमाध्यमको अतुलनीय योगदान रहेको भन्दै समृद्ध नेपाल निर्माणमा पनि उत्तिकै भूमिका हुने आशा व्यक्त गरे ।

“लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छ, आर्थिक संकटका कारण पत्रकार विदेशिनु परेको छ, पेशा परिवर्तन गर्नुपरेको छ, त्यसलाई राज्यले गम्भीरतापूर्वक हेर्नुपर्छ,” उपराष्ट्रपति पुनले भने । सञ्चारमाध्यमले कुनै धर्म वा जाति विशेषभन्दा पनि उत्पीडित समुदायको आवाज बोल्नुपर्ने उनको भनाइ थियो ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो पटक सञ्चारमाध्यम गैरजिम्मेवार देखिएको बताउँदै यो क्षेत्रलाई जिम्मेवार, मर्यादित र प्रतिष्ठित बनाउन पत्रकार महासंघलगायतका सबै संघ संगठन लाग्नुपर्नेमा जोड दिए ।

महाधिवेशन शनिबारसम्म चल्नेछ ।

फोनिजले आदिवासी जनजाति पत्रकारको हकहितका साथै व्यावसायिक पत्रकारिताको माध्यममार्फत देश र जनताको विकासका लागि महत्वपूर्ण योगदान दिँदै आएको अध्यक्ष दण्ड गुरुङले जानकारी दिए ।

पत्रकारको दक्षता अभिवृद्धि गर्ने, सञ्चार पैरवी गर्नेजस्ता समाजसेवी भावनाबाट विभिन्न किसिमका अभियानसमेत यसले सञ्चालन गर्दैआएको छ । महाधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी छन् । फोनिजमा आठ वटा जातीय संस्थागत सदस्य आबद्ध छन् । यसको देशभित्र ५० भन्दा बढी शाखा छन् भने विदेशमा चार शाखा छन् ।

Loading...

Related News

जनमुक्ति सेनाका कमाण्डर नन्दबहादुर पुन ‘पासांग’ दोश्रो कार्यकालको लागि उपराष्ट्रपति

काठमाडौं, ५ चैत । जनमुक्ति सेनाका कमाण्डर नन्दबहादुर पुन पासांग दोश्रो कार्यकालको लागि उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। उनी उपराष्ट्रपतिको रुपमा…

नेपाल विश्वकै उत्कृष्ट लगानी गन्तव्य : उपराष्ट्रपति पुन

चितवन,  पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल विश्वकै उत्कृष्ट लगानीको गन्तव्य भएको बताउनुभएको छ । चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी