बोल्दाबोल्दै लामीछानेको निधन, पोष्टमार्टम र अन्तिम संस्कार आज

122 Hits

काठमाडौं, २३ चैत ।
बादल माथिको घाम खण्डकाव्यका सर्जक नवराज लामिछानेको बोल्दाबोल्दै निधन भएको छ । नुवाकोटको वागेश्वरी चोगते स्थायी घर भएका लामीछानेको विहिवार अपरान्ह वालाजु गुणस्तर तथा नापतौल विभाग भित्रको कम्पाउण्डमा आकस्मिक रुपमा निधन भएको प्रहरीले जनाएको छ ।

बालाजु प्रहरी वृत्तका अनुसार लामीछानेले गुणस्तर विभागमा रहेका सेक्युरिटी गार्डसँग सामान्य कुरा गर्दा गर्दै उनी त्यही वेहोस भएका थिए । घटनास्थलमा उनको बारेमा जानकारी नभएका कोही नभएपछि स्थानिय व्यापारीहरुले प्रहरीलाई खबर गरी प्रहरीले सामाखुशी स्थित ग्रीन सिटि अस्पताल पु्याएको र त्यहाँ चिकित्सकले मृत घोष्णा गरेका थिए ।

जावलाखेल स्थित स्टाफ कलेज र काठमाडौं विश्वविद्यालय धुलिखेलमा समेत प्राध्यापन र रिसर्च कार्यमा संलग्न लामीछानेले बादल माथिको घाम नामक खण्डकाव्य र नेपाली र जापानी भाषामा प्रकाशीत गरेका थिए ।
अत्यन्त मिलनसार र सरल व्यवहारका धनी वर्षीय ४६ लामीछानेको एक श्रीमती र २ छोराहरु रहेका छन् । उनले आफ्नी ममतामयी आमालाई २४ दिन अघि मात्रै गुमाएका थिए ।

उनको निधनको कारणबारे कुनै जानकारी नभएपछि प्रहरीले उनको शवको पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याएको छ । शवको पोष्टमार्टमपश्चात आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । लामीछानेप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा हार्दिक समवेदना ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी