प्रधानमन्त्री ओली भारतको तीन दिने भ्रमणमा, यस्तो छ भ्रमण दल र तालिका

55 Hits

काठमाडौं, २३ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो पटक प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमणका रुपमा आज धारतको औपचारिक भ्रमणमा निस्किएका छन् ।
ओली सरकारी र नीजि ५४ सदस्यीय टोलीसहितको तीन दिने राजकिय भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बीच विग्रीएको भनिएको सम्वन्ध सुधारको कोषेढुंगा हुने विश्वास गरिएको यो भ्रमण ऐतिहासिक र सफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओली नेकपा माओवादी केन्द्रको सहयोगमा दोश्रो पटक प्रधानमन्त्री बनेपछि शुक्रबार विहान ९ बजे भारत प्रस्थान गरी आइतबार फर्कने कार्यतालिका रहेको छ । प्रधानमन्त्रीको नीजि सचिवालयले ओलीको भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार ओली त्रिभुवन विमानस्थलबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि सिधै राष्ट्रपति भवन पुग्नेछन् ।
उनीसँग आजै भारतीय राजनीतिक दलका नेताहरू भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्नेछन् ।

भोली प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच हैदरावाद हाउसमा सुरूमा वन टु वन वार्ता हुनेछ । त्यसैगरी भोली नै राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रमन्त्री बैंकया नायडुसँग शिष्टाचार भेट हुनेछ भने भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर दिने कार्यक्रम रहेको छ ।

त्यसैगरी पर्सी २५ चैतमा प्रधानमन्त्री ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जानेछन् भने साँझ स्वदेश फिर्ता हुनेछन् ।

भ्रमण दलमा को को ? – ५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने अजरबैजानको बाकुबाट सीधै नयाँदिल्ली जानेछन् । उनी असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन बाकुमा छन् ।

यस्तो छ ओलीको भ्रमणका कार्यतालिकाः

२३ चैत
–बिहान ९ः ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने ।

–इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि सिधै राष्ट्रपति भवन पुग्ने ।

–केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया हुने ।

–कार्यक्रमपछि दिवाभोजमा सहभागी हुने ।

–भारतीय राजनीतिक दलका नेताहरू भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने ।

–साँझ बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने ।

–नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा एक होटलमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने ।

२४ चैत
–बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई स्वागत गर्ने र केहीबेर वर्ता हुने ।

–भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर दिने ।

–भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रमन्त्री बैंकया नायडुसँग शिष्टाचार भेट हुने ।

–प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल सहभागी हुने। राजघाटमा महात्मा गान्धीको समाधीस्थलमा दिप प्रज्ज्वलन गर्ने ।

–हैदरावाद हाउसमा सुरूमा ओली र मोदीबीच वन टु वन वार्ता हुने । लगत्तै प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा छलफल गर्ने ।

–छलफलपछि दुई देशबीच हुने सम्झौता तथा पत्रआदनप्रदान सम्बन्धी कार्यक्रम हुने ।

–ओली र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिने ।

–हैदरावाद हाउसमै दिवाभोजमा सहभागी हुने ।

–साँझ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने ।

२५ चैत
ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने ।

–साँझ दिल्लीबाट स्वदेश फर्किने ।

Related News

गृह मन्त्रालय कामचोर ठेकेदारको लिष्ट तयार गर्दै, चितवनले पठायो ३८ ठेकेदारको नाम

काठमाडौं, १४ जेठ । गृह मन्त्रालयले काम चोर ठेकेदारको लिष्ट तयार पार्दैछ । गृहमन्त्री राम बहादूर थापा बादलले काम चोर…

१६ सहसचिवको एकैसाथ सरुवा १२ को पदस्थापन, को-को कहाँ परे ? विवरणसहित

काठमाडौं, १२ जेठ । विभिन्न मन्त्रालय, प्रदेश तथा विभागमा कार्यरत १६ सहसचिवको सरुवा भएको छ । सरकारले एकै दिन १६…

Comments are closed