मिल्लान् त विप्लवसँग चार कम्युनिष्ट पार्टी, यस्तो आयो विज्ञप्ती

103 Hits

काठमाडौं, २२ चैत ।

शसस्त्र जनयुद्धको तयारी गरेको विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसँग तीन कम्युनिष्ट पार्टीले कार्यगत एकता गरी संघर्षको भोष्णा गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन बैद्य, ऋषिराम कट्टेल र मोहन विक्रमसिंह नेतृत्वका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । चारै नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

घोषीत संघर्षका कार्यक्रमहरुमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा यसअघि नेपाल भारतबीच भएका असमान सन्धी सम्झौताको कार्यन्वयन गर्ने सरकारको तयारीको विरोध गर्ने, चैत २४ गते दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो परियोजनाको दिल्लीबाट संयुक्र रुपमा उद्घाटन गर्ने निर्णयको विरोधमा सोही दिन काठमाडौमा विरोध प्रदर्शन गर्ने रहेको छ । त्यस्तै उनीहरूले बैशाख ३ गते चारवटै पार्टीले अन्तरक्रिया गर्ने निर्णय गरेका छन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी