बैसाख ९ गते एकीकरणको भव्य तयारी गर्न एकता संयोजन समितिको निर्देशन

53 Hits

काठमाडौं, २२ चैत ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता आगामी २०७५ साल बैसाख ९ गते हुने निश्चित भएको छ ।
संयोजन समितिको आज सम्पन्न बैठकले बैसाख ९ गते नै एकीकरणको घोषणा गर्ने निर्णय गरेको हो । एकीकरणको लागि भव्य कार्यक्रम आयोजना गरिने पनि संयोजन समितिले निर्णय गरेको छ ।

कार्यदलमा सहमति नजुटेका विषयमा छलफल गर्न बिहिबार बिहान ९ बजेदेखि बसेको बैठक विना निश्कर्ष सकिएको छ । माओवादी नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठका अनुसार नेताहरुबीच सहमति नभएका विषयमा प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट स्वदेश फर्किएपछि २७ गते मात्रै छलफल गरेर टुङग्याउने विषयमा कुराकानी भएको छ ।
उनकाअनुसार पार्टी एकता घोषणा बैशाख ९ मा गर्ने सहमति भएको छ । एकता घोषणासभाका लागि त्यसअघि देशभर प्रचारप्रसार गर्ने निर्णय भएको उनले बताए । एमाले र माओवादी नेता कार्यकर्ताहरूलार्इ ९ गते हुने एकताको तयारी थाल्न निर्देशन दिएका छन् ।

एकीकृत पार्टीको चुनाव चिह्न के हुने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने की नराख्ने भन्ने विषयमा भने अझै सहमति बनिसकेको छैन । ती विषयमा ओली भारत भ्रमणबाट आएपछि छलफल हुने बताइएको छ । माओवादी नेताहरुले सूर्यसँगै हँसिया हथौडा पनि चुनाव चिह्न राख्दा एकताको भावना झल्किने तर्क गर्दै आएका छन् भने एमाले नेताहरुले सबैले चिनिसकेको र लोकप्रिय रहेकाले सूर्य मात्रै चुनाव चिह्न राख्नुपर्ने अडान राख्दै आएका छन् ।
माओवादी र एमाले नेताहरु एक आपसमा सहमति निर्माण गर्ने तिर भन्दा प्रेसर बनाउने काममा लागेको भन्दै आलोचना पनि भएको छ ।

Related News

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

माओवादी-एमाले एकतापछिको मार्गदर्शक सिद्धान्त ‘जनताको जनवाद’, अरु केके भए सहमति ?

काठमाडौं, २ जेठ । नेपालका मुख्य २ ठूला बामपंथी पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकतापछिको एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त…

Comments are closed