पाेखरामा भारतीय मार्क्सवादीहरू

63 Hits

पाेखरा, २० चैत । भारतका प्रसिद्ध मार्क्सवादी चिन्तकहरु शशिप्रकाश, सत्यम र कात्यायनी मङ्गलबार पोखरामा आयोजित अन्तरक्रियामा सहभागी भएका छन् ।

घनश्याम ढकाल स्मृति कक्षमा पोखराका प्रगतिशील लेखकहरुसँग भएको अन्तरक्रियामा भारतका राजनीतिकर्मी तथा माक्र्सवादी चिन्तक शशिप्रकाशले भारतमा माक्र्सवादी कला, साहित्य र राजनीतिक क्षेत्रमा भएका विकासका बारेमा प्रकाश पार्नुभयो । उहाँले भारतीय माक्र्सवादीहरु योजनाबद्ध रुपमा अघि बढेको जानकारी दिनुभयो । नेपालमा पनि माक्र्सवादलाई स्थापित गराउन योजना बनाएर अघि बढ्न उहाँको सुझाव थियो । ‘वामपन्थी आन्दोलनमा भारतीय माक्र्सवादीहरु प्रतिबद्ध भएर लागेका छन्’, उहाँले भन्नुभयो, ‘साहित्य, कला र मिडिया आन्दोलनका लागि महत्त्वपूर्ण हतियारहरु हुन्, यिनीहरुलाई नयाँ ढङ्गले प्रयोग गर्नु जरुरी छ ।’ उहाँले नेपालको वाम गठबन्धन अवसरवादको नमुना भएको धारणा राख्नुभयो । वाम गठबन्धन संशोधनवादमा प्रवेश गरेको भन्दै उहाँले माक्र्सवादको विसर्जनको बाटोमा गठबन्धन लागेको टिप्पणीसमेत गर्नुभयो ।


कवि तथा माक्र्सवादी चिन्तक कात्यायनीले भारतमा महिला लेखिकाहरुको स्तर अझै उठ्न नसकेको जनाउनुभयो । अझै पनि लैङ्गिकताका सवालमा महिला लेखकहरुको लेखन अल्झिइरहेको भन्दै उहाँले पहिचावादी लेखन पनि अघि बढेको बताउनुभयो । अर्का लेखक तथा पत्रकार सत्यमले पोखराका माक्र्सवादी लेखकहरुसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।


साहित्यकार राजेन्द्र पौडेलको संयोजनमा भएको कार्यक्रममा गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा. कृष्णराज अधिकारीले पोखराको प्रगतिवादी लेखन र साहित्यिक गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा परशुराम कोइराला, भीम रानाभाट, सुरज उपाध्याय, कल्पना चिलुवाल, नारायण मरासिनीलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी