माओवादी एमाले एकता कार्यदल भंग, कसरी हुँदैछ एकता ?

121 Hits

काठमाडौं, २० चैत ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको तयारी गर्न बनेका दुई कार्यदल भंग गरिएका छन् । दुई वाम पार्टीबीच एकीकरणको मिति र मोडालिटि टुंगो लगाउन बसेको एकता संयोजन समितिको बैठकपछि दुई कार्यदल भंग गरिएको नेता नारायणकाजी श्रेष्ठले बताए ।

आज बसेको संयोजन समितिको बैठकमा दुई कार्यदलले तयार गरेका प्रतिवेदनहरु एकता संयोजन समितिलाई हस्तान्तरण गरेका थिए । दुबै कार्यदलले २०७५ साल बैसाख ९ गते एकीकरण गर्नको लागि सुझाव दिएका छन् ।
कार्यदलको सुझाव र प्रतिवेदनलाई आगामी चैत २२ गते बस्ने एकता संयोजन समितिको बैठकले मुर्तिकृत गरी एकीकरणको मिति तय गर्ने जनाइएको छ ।

दुबै पार्टीबीच संगठनको मोडालिटिबारे सैद्धान्तिक सहमति भएको भएपनि मुर्तिकृत गर्न बाँकी रहेको छ । त्यसैगरी भागबण्डामा कसी मिलिाउने र चुनाव चिन्ह के बनाउने विषयमा पनि टुंगो लाग्न बाँकी छ ।
यसैगरी राजनीतिक प्रतिवेदनमा जनयुद्ध शव्द बाँकी नमिलेका विषयहरुमा राख्ने विषयमा पनि सहमति बनिसकेको छैन ।
अब नमिलेका विषयहरुलाई दुइ अध्यक्षहरुले बसेर सहमति बनाउने र एकता संयोजन समितिको बैठकमा अनुमोदन गराउने संभावना रहेको एक माओवादी नेताले बताए ।

एमाले महासचिव एव रक्षामन्त्री ईश्वर पोख्रेलले दुवै कार्यदलले पार्टी एकता संयोजन समितिको बैठकमा आ आफ्ना प्रतिवेदन प्रस्तुत गरिसकेकाले २२ गते बस्ने पार्टी एकता संयोजन समितिको बैठकले दुवै प्रतिवेदन छलफल गरी एकताको मिति लगायत विषयमा औपचारिक घोषणा गर्ने जानकारी दिए । उनले दुवै समितिले आधारभुत रुपमा मिलाएका विषय बाहेकका विषयमा संयोजक समितिले छलफल गरि अन्तिम निर्णय गर्ने उल्लेख गरे ।

दुई दलले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअधि नै एकता गर्ने बताएका थिए । तर, विभिन्न विषयमा सहमति जुटन नसकेपछि एकता लम्बिएको छ । यसबीच दुई दल वैशाख ९ गते अर्थात २२ अप्रिलका कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन पार्टी एकता घोषणासभा गर्ने तयारीमा जुटेका थिए ।

दुई पार्टीबीच एकीकृत पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द टुंगो लाग्न बाँकी छ ।

कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि बनाउने सहमति गरेको छ । केन्द्रसहितसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विवाद कायमै छ । एमाले चुनावी आँकडाका आधारमा अनुपात मिलाउने पक्षमा छ । माओवादी समानतालाई आधार मान्नुपर्ने मागमा छ ।

विधान मस्यौदामा ‘जनयुद्ध’ शब्द राख्नुपर्ने माओवादीको माग छ । अहिले विधानको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिएको छ । एमाले ‘जनक्रान्ति’ र माओवादी ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने पक्षमा छन् ।

दुई दलवीच चुनाव चिह्नको पनि विवाद छ । एमाले सूर्य चिन्हकै पक्षमा छ । माओवादी सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडानमा छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी