संघीय संसद्को अधिवेशन अन्त्य, अधिवेशन कति सफल कति असफल ?

47 Hits

काठमाडौं, २० चैत ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज रातीबाट अन्त हुने भएको छ । प्रतिनिधि सभाको मंगलबार बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएसँगै सदन अन्त भएको सार्वजनीक भएको हो । आज मंगलबार राति १२ बजेदेखि अधिवेशन आधिकारीक रुपमा अन्त्य भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।
चालु अधिवेशनमा भएको बैठकले सभामुख, उपसभामुखको निर्वाचन गर्नुका साथै १३ सदस्सीय नियमावली मस्यौदा समिति बनायो भने नियमावली नबन्दासम्मका लागि अन्तरिम कार्यविधि निर्माण गर्यो । त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरे भने राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनलाई सम्बोधन गरेकी थिइन् । बैठकमा तीन वटा अध्यादेश पारित भएका छन् ।
यस अवधिमा जम्मा ३० दिन संसद अधिवेशन चालू रहेको थियो भने प्रतिनिधि सभाको ९ दिनमा ११ वटा बैठक बसेको रेकर्ड संसद सचिवालयमा छ । ती बैठक मध्ये १५ घण्टा ३० मिनेटमात्र संसदीय काम कार्वाहीमा खर्च भएको जानकारी गराइएको छ ।
त्यस्तै राष्ट्रिय सभामा ९ दिनमा १० दिन बैठक बसी ७ घण्टा २० मिनेट संसदीय काममा समय खर्चेको छ ।
यस अधिवेशन संसदीय विजिनेशको हिसावले भन्नुपर्दा व्यस्त र सफल मान्नुपर्ने विश्लेषकको भनाई छ ।

Related News

संघीय संसदका दुवै सदनको बैठक आज, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गर्ने

काठमाडौं, १९ चैत । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकले…

को को हुन् १६ भाग्यमानी पुर्वसांसद जो फेरी पनि बन्दैछन सांसद ?

काठमाडौं, १६ पुस । विभिन्न पार्टीका पूर्व सांसदहरु फेरि पनि समानुपातिक तर्फबाट सांसद बन्दैछन् । प्रदेश सभामा समानुपातिक तर्फको सांसदको…

Comments are closed